Tuesday 11th November 2025

रूकुम पुर्वमा छोराले खुकुरी प्रहार गरि बाबुको हत्या गरे


तितोपाटी – भुमे गाउँपालिका ७ गुनाममा खुकुरी प्रहार गरी छोराले बुवाको हत्या गरेका छन्। गुनामका २० वर्षीय बिरत बिकले ४१ वर्षका बाबु रमन बिकको हत्या गरेको प्रहरीले बताएको छ।

बिहीबार बिहान ५ बजेतिर रमनलाई खुकुरी प्रहार गरी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी निरीक्षक बीरबहादुर सुनारले जानकारी दिए। हत्यामा संलग्न बिरतलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घरायसी विवादका कारण रमनको हत्या भएको हुनसक्ने आशंका प्रहरीले गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


सम्बन्धित शीर्षकहरु

भारतको राजधानी दिल्लीको घना बस्ती भएको जिल्लामा रहेको ऐतिहासिक लाल किल्ला नजिकै कारमा भएको विस्फोटमा  कम्तीमा आठ जनाको मृत्यु भएको…

सुशिल बस्याल - देश अहिले राजनीतिक, सामाजिक र आर्थिक रूपमा संक्रमणको अवस्थामा छ। विगतका दशकहरूमा पुरानो नेतृत्वले धेरै योगदान गरेको…

स्थानीय रूपमा "उवान" भनिने फङ-वङ पश्चिमी प्रशान्त क्षेत्रमा २३० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलेको सुपर टाइफुनमा परिणत भएको छ। नागरिक…

प्रतिकृयाहरू
...