Sunday 8th February 2026

विदेशबाट आउने रेमिट्यान्स ह्वात्तै बढ्यो, विदेश जाने भनें घटे


तितोपाटी- बैदेशिक रोजगारमा जानेहरुको संख्यामा उच्च मात्रामा गिरावट आइरहेपनि विदेशबाट भित्रिने रकममा भनें बृद्धि देखिएको छ । चालु आर्थिक वर्षको ९ महिनामा नेपालमा विभिन्न मुलुकबाट गरी ६ खर्ब ५३ अर्ब १९ करोड रेमिट्यान्स भित्रिएको हो । अघिल्लो आर्थिक वर्षको पहिलो ९ महिनामा भन्दा यो २० दशमलव ९ प्रतिशत धेरै हो ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक बर्षको ९ महिनाको तथ्याँकले अघिल्लो आर्थिक बर्षको तुलनामा यसबर्ष रेमिट्यान्सको बृद्धिदर पनि बढी छ ।

विदेश जानेको संख्यामा भारी गिरावट

श्रम स्वीकृति लिएर रोजगारीका लागि विदेश जानेहरुको संख्यामा भनें चालु आर्थिक बर्षमा ठूलो गिरावट आएको छ । सो अवधिमा अघिल्लो बर्षको सोही अ वधिको तुलनामा रोजगारीका लागि विदेश जानेहरुको संख्या ३९.३ प्रतिशतले घटेको हो । रोजगारीका लागि जानेहरुको संख्या निरन्तर ओरालो लागिरहँदा नेपाल भित्रिने रेमिट्यासमा आगामी केहि बर्षपछि ठूलो गिरावट देखिनसक्ने भन्दै रेमिट्यान्स माथिको निर्भरता घटाउनु पर्ने यस क्षेत्रका विज्ञहरु सुझाव दिन्छन् । सरकारले पनि पछिल्लो समयमा आन्तरिक रोजगारीलाई प्रोत्साहित गर्ने नीति लिएको छ ।

साभार देश प्रदेश


सम्बन्धित शीर्षकहरु

कुवेतस्थित खोटाङ कुवेत सम्पर्क मञ्च ले आफ्नो दोस्रो सांगीतिक धमका आयोजना गर्ने भएको छ। संस्थाको हालै सम्पन्न २१ औँ मासिक…

  तिताेपाटी तनहुँ म्याग्दे गाउँपालिकाले सार्वजनिक गर्‍यो ‘म्याग्दे गान’, स्थानीय पहिचान र भावनालाई एकसूत्रमा बाँध्ने प्रयास तनहुँ । म्याग्दे गाउँपालिकाले…

-राजन रिमाल लोकतन्त्र र खेल दुवै नियम, प्रतिस्पर्धा र विश्वासमा टिकेका प्रणाली हुन्। तर जब खेल मैदानमा म्याच फिक्सिङ हुन्छ…

प्रतिकृयाहरू
...