Friday 2nd October 2026

कुवेतबाट बाराका हावाहुरी पीडितलाइ १ लाख १३ हजार भन्दा बढिको सहयोग प्रदान


तितोपाटी – कुवेतबाट बाराका हावाहरी पीडितलाइ १ लाख १३ हजार भन्दा बढिको सहयोग प्रदान गरिएको छ । ढिलो गरि तितोपाटी डट कम लाइ प्राप्त जानकारी अनुसार कुवेतमा कार्यरत अाप्रवासी नेपाली श्रमिक संगीता लोप्चनको पहलमा संकलित उक्त रकम बराबरको जिन्सी सामान लोप्चन अावद्ध संस्था वर्क फर नेपाल फाउण्डेसन मार्फत बारा जिल्लाका हावाहुरी पिडितलाई नेपाली रूपैयाँ एक लाख तेह्र हजार एक सय छ ( अक्षेरूपी ११३१०६।३६) बराबर सहयोग प्रदान गरिएको हो ।

हावाहुरीले  दर्जनै मानिसहरू हताहत हुने बारा जिल्लामा तहल्का मच्चाए पछि कुवेतबाट संगीता लोप्चनले सामाजिक संजाल मार्फत सहयोगको याचना गरि  तथा गत अप्रिल १९ तारिख शुक्रबार कुवेत सरोकार समाजले आयोजना गरेको सांगीतिक कार्यक्रम मार्फत कुवेतमा कार्यरत नेापली दाजुभाइ तथा दिदीबहिनीहरूबाट संकलन गरेकी थिइन । विदेशमा बेचिएका चेलीको उद्धारमा बिशेष भूमिका निभाउदै आएकी संगीताले सामाजिक कार्यमा पनि उतिकै सहयोग गर्दै आएकी छन् । संगीताले सम्पूर्ण सहयोगी मनहरुलाई धन्यवाद दिंदै आगामी दिनमा गरिने सामाजिक कार्यमा समेत हातेमालो र सहयोगको अपेक्षा गरेकी छन् ।

गत चैत १७ गते साँझ एक्कासी आएको हावाहुरीका कारण पर्सा र बारामा २८ जनाले ज्यान गुमाएका थिए भने ६ सयभन्दा बढी घाइते भएका थिए। केहीको अझै पनि उपचार जारी छ। हावाहुरीले झण्डै २५ सय घरमा क्षति पुर्‍याएको थियो । हावाहुरीबाट बाराको फेटा गाउँपालिका सबैभन्दा बढी प्रभावित बनेको थियो ।


सम्बन्धित शीर्षकहरु

फ्रान्सभरका उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरूले शिक्षा क्षेत्रको कमजोर अवस्था र सरकारी बजेटको विरोधमा प्रदर्शन गरिरहेका छन्। प्रदर्शनका क्रममा विद्यालयमा आगजनी,…

दक्षिण अफ्रिकामा एक साताभित्र भएका पाँच वटा गोलीकाण्डमा कम्तीमा ४६ जनाको मृत्यु भएपछि देशमा बढ्दो बन्दुक हिंसाप्रति चिन्ता बढेको छ।…

राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले नेपालको न्यायपालिका र सर्वोच्च अदालतका न्यायाधीशहरूको कार्यशैली तथा महत्वाकांक्षामाथि गम्भीर टिप्पणी गरेका छन्। गिद्धे प्रेस मार्फत…

प्रतिकृयाहरू
...