Tuesday 17th March 2026

त्रिसुली बस दुर्घटना अपडेटः अहिलेसम्म ८ को मृत्यु


तितोपाटी – धादिङको गजुरी गाउँपालिका –६ बन्छेटारस्थित त्रिशुली नदिमा बस खस्दाँ मृत्यु हुनेको संख्या ८ पुगेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीले जानकारी दिए अनुसार पाँच जनाको घटनास्थलमा र तीन जनाको उपचारका क्रममा मृत्यु भएको बुझिएको छ ।

मृत्यु हुनेमा काठमाडौँको थानकोट घर भएका ५१ वर्षीय राजकुमार सुवेदी, काठमाडौँ चन्द्रागिरीका ३६ वर्षीय सीता थपलिया, इलामको कन्याम घर भएका २० वर्षीय बिशाल गिरी, धादिङको बेनिघाट रोराङ गाउँपालिकाका ४३ वर्षीय राजन आचार्य रहेका छन्। मृत्यु भएका अन्य चार जनाको सनाखत हुन सकेको छैन।

झापाको काकडभिट्टाबाट काठमाडौंका लागि छुटेको ना ७ ख ४३८७ नम्बरको यात्रुबाहक बस बिहान ६ बजे त्रिशुली नदीमा खसेको हो। दुर्घटनामा घाईते भएका २३ जनाको काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ भने अन्य घाईतेहरुको धादिङस्थित विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। बस सडकबाट ६० मिटर तल त्रिशुली नदिमा खसेको थियो।

दुर्घटनास्थलमा नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरीको टोलीले उद्धार कार्य गरिरहेको छ ।दुर्घटनाको कारण खुल्न सकेको छैन।


सम्बन्धित शीर्षकहरु

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ ग्लोबल कन्फ्रेन्स तथा अन्तर्राष्ट्रिय महाधिवेशन काठमाडौंस्थित सोल्टी होटलमा सुरु भएको छ। परराष्ट्रमन्त्री…

लद्दाखका एक प्रसिद्ध कार्यकर्ता तथा वैज्ञानिक सोनम वाङचुकलाई जेलबाट रिहा गरिएको छ। तर सरकारले यो निर्णय किन गर्‍यो र लद्दाखका…

काठमाडौं — Non-Resident Nepali Association (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा महाधिवेशनमा ४ हजार २८६ प्रतिनिधि सहभागी हुने भएका छन्।…

प्रतिकृयाहरू
...