तितोपाटी – काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेकाे बस धादिङको गजुरी गाउँपालिका-६ बन्छेटारस्थित त्रिशुली नदिमा आइतबार बिहान बस खस्दा मृत्यु हुनेकाे संख्या पाँच पुगेकाे छ । शनिबार बेलुका झापाबाट काठमाडौंका लागि छुटेको ना ७ ख ४३८७ नम्बरको उक्त बस आज बिहान त्रिसुलीमा खसेको हो ।
प्रहरीकाे अनुसार चार जनाको घटनास्थलमा र एक जनाको उपचारका क्रममा मृत्यु भएको हाे ।मृत्यु हुनेमा एक महिला र ४ जना पुरुष रहेको बुझिएको छ । दुर्घटनामा २९ जना घाइते भएका छन् । घाइतेमध्ये १४ जनालाई स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि काठमाडौँ पठाइएको छ ।
दुर्घटनाको कारणले भन्ने खुल्न नसकेको धादिङका प्रहरीले जनाएको छ । दुर्घटनास्थलमा नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरीको टोलीले उद्धार कार्य गरिरहेको छ ।