Tuesday 13th January 2026

गजल – अमर खड्का


छिमेकीले रकेट बनायो यान बनायो ।
ठूला-ठूला राष्ट्रसंग चिनजान बनायो ।

बाँदर  जस्तै  देखिने  केही  मान्छेहरुले
न देश बनायो न देशको पहिचान बनायो ।

यो समय पनि त कहाँ बिश्वाशिलो रहेछ
हिजोका लुटेरालाई आज महान बनायो ।

मलाइ  पत्थर  संग  यत्ती  सोध्न  मन  छ
मान्छेले कसरी तिम्लाई भगवान बनायो ।


सम्बन्धित शीर्षकहरु

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

प्रतिकृयाहरू
...