Friday 3rd May 2024

इङलिस प्रिमियर लिगको उपाधि म्यान्चेस्टर सिटीले चुम्यो


तितोपाटी – म्यान्चेस्टर सिटीले आइतबार इंग्लिस प्रिमियर लिग जितेको छ । डिफेन्डिङ च्याम्पियनका रूपमा पेप ग्वार्डिओलाको सिटीले उपाधि रक्षा गरेको हो । यसका लागि उसले ब्राइटन एन्ड होभलाई सजिलै ४–१ ले हरायो ।

लिगको अन्तिम निर्णय उपाधिको छिनोफानो भएको हो र यसक्रममा सिटीलाई लिभरपुललाई दोस्रो स्थानमा चित्त बुझाउन बाध्य पार्यो । लिभरपुलले भने उल्भ्सलाई २–० ले पराजित गर्यो । सिटीको ९२ अंक भयो भने लिभरपुल एक अंकको दूरीमा रह्यो । यस्तै चेल्सी तेस्रो र टोटनहम चौथो स्थानमा रह्यो ।

चेल्सीले लेस्टर सिटीसँग गोलरहित बराबरी खेल्यो भने टोटनहमले एभरटनसँग २–२ को बराबरी खेल्यो । अरू दुई महत्वपूर्ण खेलमा आर्सनलले बर्नलीलाई २–१ ले पन्छायो । यस्तै म्यानचेस्टर युनाइटेड भने रेलिगेसमा परिसकेको कार्डिफसँग२–१ ले पराजित रह्यो ।


सम्बन्धित शीर्षकहरु

नारायण कोइराला - पाल्पा साहित्य समाजको आयोजनामा अग्रज साहित्यकार नलराज शास्त्री नेपालको सम्मान तथा साहित्यकार पुष्कर अथक रेग्मीद्वारा लिखित सेनकालीन…

दक्षिण चीनको क्वाङतोङ प्रान्तमा भारी वर्षाका कारण राष्ट्रिय राजमार्ग एस१२ को एक हिस्सा भत्किएको छ । पछिल्लो अपडेट अनुसार दुर्घटनामा…

क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्। ओटावामा…

प्रतिकृयाहरू
...