Friday 3rd May 2024

१२ औं आईपीएलको उपाधी मुम्बई इन्डियन्सले जित्यो


तितोपाटी – मुम्बई इन्डियन्स इन्डियन क्रिकेट लिग अन्तर्गतको १२ औं सिजनको च्याम्पियन बन्न सफल भएको छ । आइतबार राती हैदरावादस्थि राजिव गान्धी अन्तर्राष्टिय रंगशालामा आयोजित खेलमा उसले चेन्नई सुपर किंग्सलाई १ रनले हरउान सफल भएको छ ।

खेलमा १ सय ५० रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ४८ रन बनाएको थियो  । अन्तिम बलमा २ रन चाहिएको अवस्थामा लासिथ मालिङ्गाले सार्दुल ठाकुरलाई एलबीडब्लु आउट गरेपछि मुम्बईले विजयको ढोका खोलेको थियो ।

त्यसअघि चेन्नईलाई जितको लागि अन्तिम ओभरमा ९ रन चाहिएको थियो । लाथिस मलिङ्गाको पहिलो बलमा वाटशनले १ रन लिएलगत्तै दोस्रो बलमा पनि जडेजाले १ रन लिएका थिए । तेस्रो बलमा वाटशनले २ रन बटुले लगत्तै चौथो बलमा दुई रन लिने क्रममा रन आउट भए ।

त्यसपछि खेल थप रोमान्चक मोडमा पुग्यो । पाँचौ बलमा ठाकुरले २ रन लिएपछि अन्तिम बलमा जितको लागि २ रन चाहिएको थियो । अन्तिम बलमा सार्दुल ठाकुर एलबीडब्लू आउट भएपछि मुम्बई १ रनले विजयी भयो ।

ओपनर वाटशनले सानदार पाली खेलेपनि उनले ५९ बलमा ८ चौका र ४ छक्का प्रहार गर्दै ८० रनमा रन आउट भए । वाटशनले १८ औं ओभरमा क्रुनाल पान्ड्यालाई दोस्रो, तेस्रो र चौथो बलमा लगातार छक्का प्रहार गर्दै कुल २० रन बटुलेपछि चेन्नईको जित सहज बनेको थियो ।

चेन्नईका ओपनर फाफ डु प्लेसिस र शेन वाटशनले पहिलो विकेटका लागि ४ ओभरमा ३३ रनको साझेदारी गर्दै मध्यम सुरुवात दिलाएका थिए । क्रुनाल पान्ड्याले चौथो ओभरको अन्तिम बलमा फाफ डु प्लेसिसलाई क्विन्टन डी ककबाट २६ रनमा स्टम्पिङ आउट गराए । उनले १३ बलमा ३ चौका र १ छक्का प्रहार गरे ।

दशौं ओभरको दास्रो बलमा राहुल चाहरले सुरेश रैनालाई ८ रनमा एलवी डब्लू आउट गरे । लगतै ११ औं ओभरको तेस्रो बलमा आम्बाती रायडूलाई जसप्रित बुमराहले १ रनमा विकेटकीपर डी ककबाट क्याच आउट गराए । १३ ओभरको चौथो ओभरमा महेन्द्र सिंह धोनी २ रनमा आउट भए  ।  त्यसपछि चेन्नई संकटमा परेको थियो ।

मुम्बई इन्डियन्सको पछिल्ला ७ वर्षमा यो चौथो जित हो । यसअघि मुम्बई सन् २०१३, २०१५ र २०१७ मा पनि च्याम्पिनय बनेको थियो । यो जितबाट मुम्बई आइपिएलको सबैभन्दा सफल र उत्कृट टिम ठहरिएको छ ।


सम्बन्धित शीर्षकहरु

नारायण कोइराला - पाल्पा साहित्य समाजको आयोजनामा अग्रज साहित्यकार नलराज शास्त्री नेपालको सम्मान तथा साहित्यकार पुष्कर अथक रेग्मीद्वारा लिखित सेनकालीन…

दक्षिण चीनको क्वाङतोङ प्रान्तमा भारी वर्षाका कारण राष्ट्रिय राजमार्ग एस१२ को एक हिस्सा भत्किएको छ । पछिल्लो अपडेट अनुसार दुर्घटनामा…

क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्। ओटावामा…

प्रतिकृयाहरू
...