Friday 19th December 2025

प्रतिबन्धित नेटवर्किङ विजनेस संचालन गरेपछि नेपालमा १२ भारतीय पक्राउ


तितोपाटी – नेपालमा प्रतिबन्धित नेटवर्किङ्ग बिजनेश संचालन गर्न लागेको आशंकामा हाइप्रोफाइका १२ जना भारतीयलाई प्रहरीले पक्राउ गरेको छ। राजधानीको दरबारमार्गनजिकै रहेको पाँचेतारे होटेल याक एण्ड यतिबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो।

भारतमा साइन ग्रुपको नामले सञ्चालित नेटवर्किङ्ग बिजनेशलाई नेपालमासमेत विस्तार गर्नको लागि नेपाली नागरिकलाई साहभागी गराइ नेटवर्किङ व्यापार प्रशिक्षण र तालिम सञ्चालन गरिरहेको विशेष सूचनाको उनीहरुलाई शुक्रबार राति पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले बताए।

उनले भने,‘ पक्राउ परेका सबै जनामाथि अनुसन्धान भइरहेको छ।’ महानगरीय प्रहरी परिसर, महानगरिय अपराध महाशाखा, केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

-नागरिकन्यूजबाट


सम्बन्धित शीर्षकहरु

बेलायती प्रहरीले बुधबार चेतावनी दिँदै भन्यो, “इन्तिफादालाई विश्वव्यापीकरण” गर्न सार्वजनिक रूपमा प्यालेस्टिनी समर्थक आह्वान गर्नेहरूलाई पक्राउ गरिनेछ, बोन्डी बीच नरसंहार…

सिरियाली सरकारले मंगलबार आफ्नो सेनाले ISIS सँग सम्बन्धित सेलको नेतालाई मारेको र गत हप्ता सुरक्षाकर्मीमाथि भएको घातक आक्रमणमा संलग्न रहेको…

नेकपा (एमाले)को ११औँ महाधिवेशनमा अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने पक्का भएको छ । महाधिवेशनको निर्वाचन…

प्रतिकृयाहरू
...