Wednesday 28th January 2026

बुटवलमा टिप्परको ठक्करबाट पुष्पाको मृत्यु, आक्रोशित स्थानीयद्वारा सडक अबरुद्द


तितोपाटी- बुटवलको जितगढीमा टिप्परको ठक्करबाट एक जनाको जनाको घटनास्थलमै मृत्यु भएको छ । टिपरको ठक्करबाट बुटवल उपमहानगरपालिका वडा न १२ तामनगर बस्दै आएकी १९ वर्षीय पुस्पा भण्डारीको मृत्यु भएको नयाँगाउ प्रहरी चौकीले बुटवल अनलाईन लाइ जानकारी दिएको छ ।

दुर्घटनापछि आक्रोशित भीडले तामनगरमा सडक अबरुद्द गरेका छन् । सडक बन्द हुँदा सवारी साधनप्रभावित भएका छन् ठक्कर दिने चालकलाई कारवाहीको माग गर्दै स्थानीयवासी सडकमा उत्रिएका हुन् ।

पूर्वबाट पश्मिम जाँदै गरेको लु ४५ प ७२३४ नंम्वरको स्कुटरलाइ सोहि दिशा बाट आएको टिप्परले ठक्कर दिंदा उनको मृत्यु भएको हो । भण्डारी स्कुटरको पछाडी बसेकी थिइन् । स्कुटर चालक उनका बुवा घनश्याम भण्डारी घाइते भएका छन् ।


सम्बन्धित शीर्षकहरु

नेपाल र साउदी अरब सरकारबीच साधारण श्रमिकको सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धनका लागि श्रमिक भर्ना सम्बन्धी द्विपक्षीय श्रम…

तमू समाज, कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम यही मार्च २७ गते शुक्रबार २०२६ का दिन कुवेतको जाब्रिया स्थित सेन्ट्रल…

लुलु हाइपरमार्केट कुवेतले रंग, संस्कृति र उत्साहका साथ भव्य ‘भारत उत्सव’ सम्पन्न गर्‍यो। लुलु हाइपरमार्केटले २१ देखि २७ जनवरी २०२६…

प्रतिकृयाहरू
...