Friday 25th September 2026

कुवेतमा नेपाली प्रेमीकाद्वारा प्रेमीको चक्कु प्रहार गरी हत्या


बसन्त थापा -कुवेतको मंगाफ स्थित ब्लक – ४ एक नेपाली महिलाले आफ्नै प्रेमीको चक्कु प्रहार गरी हत्या गरेकी छिन ।

रोजगारीकै शिलशिलामा कुवेत आएका तनहुँका   खेम बि. क.को मेई१ तारिक,२०१९ बुधवारको दिन जाँडरक्सी खाएपछि भएको सामान्य झगडाले उग्र रुप लिदा प्रेमीकाले चक्कु प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको हो ।

बिगत चार वर्ष देखी प्रेमिका माया गुरूँङ अबैधानिक रूपमा खेमसंग बसोवास गर्दै आएकी र मृतक खेम हालै मात्र कम्पनी परिवर्तन गरी बैधानिक रूपमा नयॉ कम्पनीमा कार्यरत रहेको बुझिएको छ।साथै घटना घटेको भबनमा अन्य केही अबैधानिक नेपालीहरु पनि रहेको तथा त्यस भबनका अन्य अपार्टमेन्टमा समेत कुवेत प्रहरीले छापा मारी अन्य अबैधानिक नेपाली कामदारहरुलाइ पनि पक्राउ गरिएको प्रत्यक्षदर्शीहरूले बताएका छन।

उक्त घटनामा संलग्न भएको आरोपमा प्रेमिका गुरुङलाई कुवेत पुलिसले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ भने मृतकको लाशलाइ पनि परिक्षणका लागि सम्बन्धित निकायले नियन्त्रणमा लिएको छ ।

नेपाली दुतावासका दितिय सचिव ज्ञान बहादुर मगरले घटना बारे आधिकारिक निकायबाट जानकारी लिएर उचित छनिबिन सहित पीडितलाई कानुनी प्रकृया अनुसार न्यायदिलाउन आफुहरू लागिपर्ने तितोपाटी डट कमलाई बताए ।


सम्बन्धित शीर्षकहरु

विश्वभर जलवायु परिवर्तनको असर तीव्र रूपमा देखिन थालेपछि यो विषय अहिले विश्वको प्रमुख एजेन्डा बनेको छ। संयुक्त राष्ट्रसंघका हालैका प्रतिवेदनले…

पाकिस्तानले अफगानिस्तानका १० स्थानमा हवाई तथा ड्रोन हमला गरेको जनाएको छ। पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारका अनुसार ती स्थानहरू ड्रोन लन्च…

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै नेपाली प्रधानमन्त्री बालेन्द्र शाहले हालै नेपालमा आएको विनाशकारी बाढी र जलवायु परिवर्तनका असरबारे विश्व…

प्रतिकृयाहरू
...