Monday 29th April 2024

कुवेतमा नेपाली प्रेमीकाद्वारा प्रेमीको चक्कु प्रहार गरी हत्या


बसन्त थापा -कुवेतको मंगाफ स्थित ब्लक – ४ एक नेपाली महिलाले आफ्नै प्रेमीको चक्कु प्रहार गरी हत्या गरेकी छिन ।

रोजगारीकै शिलशिलामा कुवेत आएका तनहुँका   खेम बि. क.को मेई१ तारिक,२०१९ बुधवारको दिन जाँडरक्सी खाएपछि भएको सामान्य झगडाले उग्र रुप लिदा प्रेमीकाले चक्कु प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको हो ।

बिगत चार वर्ष देखी प्रेमिका माया गुरूँङ अबैधानिक रूपमा खेमसंग बसोवास गर्दै आएकी र मृतक खेम हालै मात्र कम्पनी परिवर्तन गरी बैधानिक रूपमा नयॉ कम्पनीमा कार्यरत रहेको बुझिएको छ।साथै घटना घटेको भबनमा अन्य केही अबैधानिक नेपालीहरु पनि रहेको तथा त्यस भबनका अन्य अपार्टमेन्टमा समेत कुवेत प्रहरीले छापा मारी अन्य अबैधानिक नेपाली कामदारहरुलाइ पनि पक्राउ गरिएको प्रत्यक्षदर्शीहरूले बताएका छन।

उक्त घटनामा संलग्न भएको आरोपमा प्रेमिका गुरुङलाई कुवेत पुलिसले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ भने मृतकको लाशलाइ पनि परिक्षणका लागि सम्बन्धित निकायले नियन्त्रणमा लिएको छ ।

नेपाली दुतावासका दितिय सचिव ज्ञान बहादुर मगरले घटना बारे आधिकारिक निकायबाट जानकारी लिएर उचित छनिबिन सहित पीडितलाई कानुनी प्रकृया अनुसार न्यायदिलाउन आफुहरू लागिपर्ने तितोपाटी डट कमलाई बताए ।


सम्बन्धित शीर्षकहरु

बझाङ प्रदेशसभा-१ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमन भण्डारी निर्वाचित भएका छन्। नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई पराजित गर्दै भण्डारी विजयी…

उम्म फाहदको नामले चिनिने इराकी सोशल मिडिया स्टार गुफ्रान सवादीको गोली हानी हत्या गरिएको छ । उनलाई इराकको राजधानी बगदादमा…

केन्यामा घनघोर वर्षा र वर्षापछि आएको बाढीका कारण कम्तीमा ७६ जनाको मृत्यु भएको छ भने बाढीबाट लाखाैं प्रभावित भएका छन्…

प्रतिकृयाहरू
...