Saturday 28th March 2026

वैदेशिक रोजगार विभागले खारेज गर्‍यो १० म्यानपावर कम्पनी


तितोपाटी- समयमा नविकरण नगर्ने दश म्यानपावर कम्पनीलाई वैदेशिक रोजगार विभागले खारेज गरिदिएको छ।

कानुनले तोके अनुसार समयमै नविकरण नगरेका १० कम्पनी खारेज गरिएको विभागका सुचना अधिकारी भोला गुरागाईंले जानकारी दिए।

खारेजीमा पर्ने कम्पनी इमरेल्ड इन्टरनेशनल कन्सल्टेन्सी, स्टामफोर्ड ब्रिज इन्टरनेशनल सर्भिस प्राली, ध्वनी इन्टरनेशनल प्रालि, पथ इन्टरनेशनल इम्प्लाइमेन्ट सर्भिस, प्रिसाइस इन्टरनेशनल प्रालि, इनोभेटिभ सर्भिसेस प्रालि, रि क्रियशन इन्टरनेशनल प्राल, प्रशिद्ध ओभरसिज प्रालि, वर्ल्ड फस्ट जब प्लेसमेन्ट प्रालि र निजम ओभरसिजलाई खारेज गरिएको विभागले जनाएको छ।

यी कम्पनी फागुन १५ गतेको निर्णयले खारेज गरिएको भन्दै विभागले मंगलवार वेवसाइटमा सूचना प्रकाशन गरेको छ।


सम्बन्धित शीर्षकहरु

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

कुवेतमा आज २५ मार्चका दिन परेको अविरल झरिपछि राजमार्गहरू पानीले भरि भराउ भएपछि सरकारले ट्राफिक व्यवस्थापनका लागि केहि राजमार्गहरूलाइ अस्थायी…

प्रतिकृयाहरू
...