Monday 18th August 2025

वैदेशिक रोजगार विभागले खारेज गर्‍यो १० म्यानपावर कम्पनी


तितोपाटी- समयमा नविकरण नगर्ने दश म्यानपावर कम्पनीलाई वैदेशिक रोजगार विभागले खारेज गरिदिएको छ।

कानुनले तोके अनुसार समयमै नविकरण नगरेका १० कम्पनी खारेज गरिएको विभागका सुचना अधिकारी भोला गुरागाईंले जानकारी दिए।

खारेजीमा पर्ने कम्पनी इमरेल्ड इन्टरनेशनल कन्सल्टेन्सी, स्टामफोर्ड ब्रिज इन्टरनेशनल सर्भिस प्राली, ध्वनी इन्टरनेशनल प्रालि, पथ इन्टरनेशनल इम्प्लाइमेन्ट सर्भिस, प्रिसाइस इन्टरनेशनल प्रालि, इनोभेटिभ सर्भिसेस प्रालि, रि क्रियशन इन्टरनेशनल प्राल, प्रशिद्ध ओभरसिज प्रालि, वर्ल्ड फस्ट जब प्लेसमेन्ट प्रालि र निजम ओभरसिजलाई खारेज गरिएको विभागले जनाएको छ।

यी कम्पनी फागुन १५ गतेको निर्णयले खारेज गरिएको भन्दै विभागले मंगलवार वेवसाइटमा सूचना प्रकाशन गरेको छ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी -उपप्रधान एबम अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले रास्वपा भनेको खहरेको भेल जस्तै हो भनि टिप्पणी गरेका छन। पाल्पाको तानसेनमा नेपाल…

पाकिस्तानको उत्तरी क्षेत्रमा भीषण वर्षाका कारण आएको बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या तीन सय ३२ पुगेको छ। शुक्रबार खैबर…

लुलु रिटेलले पहिलो चौमासिकको राजस्व ४.१ अर्ब डलर पुगेको रिपोर्ट गरेको छ, जुन वार्षिक ५.९% ले वृद्धि भएको छ।* *पहिलो…

प्रतिकृयाहरू
...