Sunday 8th March 2026

जन-जागृतिद्वारा समाजका सकृय सदस्य भिम बहादुर के. सी. को विदाइ


तितोपाटी – जन-जागृति युवा समाज कुवेतले समाजका सकृय सदस्य भिम बहादुर के.सी. लाइ एक कार्यक्रम गरि विदाइ गरेको छ । समाजले हिँजो २६ अप्रिल २०१९ को दिन फरवानिया पार्कमा एक कार्यक्रम गरि सदस्य के. सी. लाइ विदाइ गरेको हो ।

“जागरूक समाजको खोज, जन-जागृति युवाको सोच” भन्ने नाराका साथ विगत ११ वर्ष देखि कुवेतको नेपाली समाजमा कृयाशिल पहिलो सामाजिक सँस्था जन-जागृतिले एक दशक भन्दा लामो समयदेखि कुवेत नगरीलाइ कर्मथलो बनाइ कुवेत बसाइलाइ बिट मार्दै स्वदेश फर्किन लागेका के. सी. लाइ दोसल्ला, मायाको चिनो, कदर-पत्र र जन-जागृतिको उपहार प्रदान गरेर विदाइ गरेको हो ।

समाजका अध्यक्ष टिकाराम अाचार्यको सभाध्यक्षतामा सम्पन्न विदाइ कार्यक्रम महासचिव जिवन सुनारले संचालन गरेका थिए भने विदाइ समारोहमा उपस्थित पदाधिकारी तथा सदस्यहरूले सँस्थामा रहेर सँगै काम गर्दा कुनै किसिममा रीसराग भएको भए पनि ति सबै कुराहरूलाइ पैतालाको धुलो सम्झेर शरीर टाढा भए पनि मन टाढा नहोस भन्दै विदाइको अबसरमा के. सी. भावी दिनको उत्तरोत्तर प्रगतिको कामना गर्दै विदाइ गरेका थिए ।

जन-चेतना, राहत-उद्दार र समाजिक सेवाको त्रिसंकु बनेको जन-जागृति युवा समाज कुवेतको स्थापना पश्चात विभिन्न पदिय जिम्मेवारीमा रहेर कार्य गरेका के. सी. थोरै बल्ने, धेरै काम गर्ने जन-जागृतिको पिल्लर मानिन्छन् । विभिन्न संघ सँस्थामा नेतृत्व सम्हालीसकेका मिजासिला र मिलनसार के. सी. ले विदाइ ग्रहण गर्दै प्रवासमा बसेर जति नै धेरै कमाए पनि अात्मसन्तुष्टि भएन भने त्यो फलदायी हुँदैन । स्वदेशमा बसेर कमाएको थोरै रकममा खुशी हुन सक्नु पर्छ भन्दै सँगै सामजकि र मानविय सेवाका कार्य गरेर हिँड्दा अाफुबाट कुनै गल्ती भएको भए वा जान अन्जानमा कसैलाइ चिढाएको भएमा कुनै किसिमको तिक्तता नराखी दिन अाग्रह गरे।

स्थापनाकालदेखि संस्थालाइ एक अग्रपंतिको सँस्थाको रूपमा  अाजको अबस्थासम्म ल्याइपुर्याउन योगदान दिने सबै अग्रजहरूलाइ स्मरण गर्दै विदाइ समारोहका सभाध्यक्ष टिकाराम अाचार्यले जन-जागृतिले जन्माएका हरेक युवा जस्तोसुकै जटिल परिस्थितिमा पनि संघर्ष गर्न पछि हट्दैनन् भन्दै सामाजिक सेवाको मनोभावना भएका नयाँ-पुराना सबै साथीहरू समाज परिवर्तनको लागि नेतृत्व गर्न सक्षम छन् भन्दै भिम बहादुर के. सी. स्वदेश फर्कन लागे पनि अागामी दिनका हरेक व्यवहारमा सफल हुन सकुन भन्ने कामना गर्दै विदाइ समारोहलाइ समापन गरेका थिए ।


सम्बन्धित शीर्षकहरु

तेहरान: इरानका मारिएका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीलाई पवित्र शहर मशहदमा गाडिनेछ, फार्स समाचार एजेन्सीले मंगलबार जनाएको छ।   ३६…

एजेन्सि-अमेरिकी रक्षा मन्त्री **Pete Hegseth**ले इरानमाथि गरिएको आक्रमण “शासन परिवर्तनका लागि नभएको” स्पष्ट पारेका छन्। पेन्टागनमा दिएको सम्बोधनमा उनले भने,…

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

प्रतिकृयाहरू
...