Saturday 28th March 2026

कतारका लागि नेपाली राजदूत कोइराला फिर्ता बोलाइए


तितोपाटी- सरकारले कतारका लागि नेपाली राजदूत रमेश कोइरालालाई फिर्ता बोलाएको छ ।

मन्त्रीपरिषदको निर्णय सर्वाजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले कतारका लागि नेपाली राजदुतलाई फिर्ता गर्ने निर्णय भएको जानकारी दिए ।

कोइरालालाई तत्कालीन शेर बहादुर देउवाको सरकारले काँग्रेसको कोटाबाट नियुक्त गरेको थियो।

राजदूत कोइराला विभिन्न काण्डमा मुछिएका थिए । उनी घुस प्रकरणमा पनि मुछिएका समाचार सार्वजनिक भएका थिए ।

नेपालमा कतारको भिसा सेन्टर स्थापनाका लागि राजदूतको हिसाबमा आफूले सकारात्मक भूमिका खेल्ने भन्दै चार लाख डलर अर्थात चार करोड भन्दा बढी नेपाली रूपैयाँ घुस वापत बुझेको समाचार सार्वजनिक भएका थिए ।

पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता बाँस्कोटाले सरकारले राम्रै कामका लागि उनलाई फिर्ता बोलाएको भन्दै थप प्रश्न नगर्न आग्रह गरे ।


सम्बन्धित शीर्षकहरु

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

कुवेतमा आज २५ मार्चका दिन परेको अविरल झरिपछि राजमार्गहरू पानीले भरि भराउ भएपछि सरकारले ट्राफिक व्यवस्थापनका लागि केहि राजमार्गहरूलाइ अस्थायी…

मध्यपूर्वको वर्तमान परिवेश फेरि एकपटक देखाउँदैछ—यहाँ सत्यभन्दा पनि “व्याख्या” शक्तिशाली हुन्छ। एउटै भनाइ, एउटै संकेत, तर दुई विपरीत निष्कर्ष। इरानी…

प्रतिकृयाहरू
...