Monday 13th April 2026

श्रीलंकाका राष्ट्रपति सिरिसेनाले प्रहरी प्रमुख र रक्षा सचिवको राजिनामा मागे


तितोपाटी – श्रीलंकाका राष्ट्रपति मैत्रिपाला सिरिसेनाले प्रहरी प्रमुख र रक्षा सचिवको राजीनामा मागेका छन् । गत आइतबार भएका श्रृंखलावद्ध बम आक्रमण रोक्न पहल नगरेको भन्दै राष्ट्रपति सिरिसेनाले उनीहरुको राजीनामा मागेका हुन् । बम आक्रमण हुँदैछ भन्ने पूर्वसूचना पाए पनि सरकारलाई जानकारी नदिइएको उनको आरोप छ ।

बम आक्रमणपछि अनुसन्धानकर्ताहरुले १० दिन अगाडि नै गुप्तचरहरुले बम आक्रमणको योजना बनेको पूर्व सूचना दिएको थाहा भएको थियो । गत आइतबार श्रीलंकाका चर्च र होटलहरुमा भएका श्रृंखलावद्ध बम विष्फोट हुँदा ३ सयभन्दा बढीको मृत्यु भएको थियो ।

समाचार एजेन्सी रोयटर्सले स्रोतलाई उद्धृत गर्दै लेखेको समाचारअनुसार राष्ट्रपति सिरिसेनाले कठोर कदम चाल्दै रक्षा सचिव हेमासिरि फर्नान्डो र प्रहरी प्रमुख पुजिथ जयसुन्दरालाई राजीनामा दिन भनेका छन् । तर, उनीहरुले राजीनामा दिए-नदिएको भने खुलेको छैन ।

गत मंगलबार राष्ट्रिय शोक मनाउने क्रममा सम्बोधन गर्दै राष्ट्रपति सिरिसेनाले यस्तो जघन्य अपराधमा जो जिम्मेदार भए पनि उसलाई सजायँ दिने घोषणा गरेका थिए । यो आक्रमणपछि देशको सुरक्षा व्यवस्था र गुप्तचर निकाय विफल भएको टिप्पणी गर्दै उनले सुरक्षा निकायका प्रमुख परिवर्तन गर्ने बताएका थिए ।


सम्बन्धित शीर्षकहरु

जन सम्पर्क समिति कुवेतका संरक्षक राजेन्द्र विरहीले एक नेपाली महिला श्रमिकलाइ स्वदेश फर्कन सहयोग गरेका छन् । नेपाली कांग्रेस महासमिति…

खोटाङ कुवेत सम्पर्क मञ्चको पूर्व निर्धारित दोश्रो सांगीतिक कार्यक्रम स्थगित भएको छ । खोटाङ कुवेत सम्पर्क मञ्च कुवेतले अागामी मिती…

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

प्रतिकृयाहरू
...