Sunday 25th October 2026

तमु समाज कुवेतले ५ जुलाइ २०१९ को दिन छैटाैं चरणको रक्तदान कार्यक्रम गर्दै


तितोपाटी – “रक्तदान जिवन दान” भन्ने मुल नारालाइ शिरोधार्य गर्दै तमु समाज कुवेतले ५ जुलाइ २०१९ को दिन छैटाैं पटकको रक्दान कार्यक्रम गर्ने भएको छ । सो रक्तदान कार्यक्रम कुवेतको जाब्रिया स्थित सेन्ट्रल ब्लड बैंकमा अायोजना गरिने तमु समाज कुवेतले जनाएको छ। विगत ५ वर्षदेखि तमु समाज कुवेतले रक्तदान कार्यक्रम गर्दै अाएको तमु समाज कुवेतले कुवेतमा कार्यरत सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूलाइ स्वस्फुर्त रूपमा सामुहिक रक्तदान कार्यक्रममा सहभागी हुन सबैमा अनुरोध गरेको छ ।

दैनिक जिवनमा हुनसक्ने सम्भावित घटना-दुर्घटना, अप्रेशन या जुनसुकै कारणले पनि शरीरमा रगतको कमी भई जिबन मृत्‍युको दोसाँधमा अल्झिरहेका मनिसहरुको जिबनरक्षाको लागि विश्वको एक कुनाबाट रक्तदान गरेर अर्को कुनासम्म बचाउन सकिन्छ । तमु समाज कुबेतले यहि वास्तविकतालाई अनुसरण गरेर बिगत ५ बर्षदेखी कुवेतको नेपाली समाजमा यो रक्तदान अभियान चलाउँदै आएको छ ।

सदा झैं सामुहिक रुपमा गरिने रक्तदान कार्यक्रम यसपाली पनि कुवेतको जाब्रियास्थित सेन्ट्रल ब्लड बैंकमा आयोजना गरिने भएकोले सम्पूर्ण कुवेतवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई यस मानविय कार्यमा सहभागी भई कार्यक्रम सफल पारिदिन आयोजक संस्था तमु समाज, कुबेतले सार्वजनिक रुपमा अनुरोध गरेको छ साथै उक्त दिन कुनै पनि कार्यक्रम नजुधाइ दिन पनि कुवेत स्थित कृयाशिल संघ सँस्था र अभियन्ताहरूसँग अाग्रह गरेको छ ।

रक्तदान कार्यक्रमको विवरणः

मिति : जुलाई ५ तारिख २०१९ शुक्रबार
समय : बिहान ठिक १२ बजे
स्थान : सेन्ट्रल ब्लड बैंक, जाब्रिया, कुबेत
आयोजक :तमु समाज कुवेत


सम्बन्धित शीर्षकहरु

इटालीमा बढ्दो महँगी, सैन्य विस्तार र रक्षा खर्च वृद्धि विरुद्ध शनिबार विभिन्न सहरमा प्रदर्शन भएका छन्। केही स्थानमा प्रदर्शनकारी र…

अमेरिकी राष्ट्रपति Donald Trump ले इरानमाथि आइतबारदेखि नै सैन्य आक्रमण गर्न सकिने संकेत दिएका छन्। उनले अमेरिका आवश्यक परे "काम…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानमाथि आइतबार अर्थात् अक्टोबर २५ मै पुनः सैन्य आक्रमण हुन सक्ने सङ्केत दिएका छन्। तर…

प्रतिकृयाहरू
...