Friday 25th September 2026

तमु समाज कुवेतले ५ जुलाइ २०१९ को दिन छैटाैं चरणको रक्तदान कार्यक्रम गर्दै


तितोपाटी – “रक्तदान जिवन दान” भन्ने मुल नारालाइ शिरोधार्य गर्दै तमु समाज कुवेतले ५ जुलाइ २०१९ को दिन छैटाैं पटकको रक्दान कार्यक्रम गर्ने भएको छ । सो रक्तदान कार्यक्रम कुवेतको जाब्रिया स्थित सेन्ट्रल ब्लड बैंकमा अायोजना गरिने तमु समाज कुवेतले जनाएको छ। विगत ५ वर्षदेखि तमु समाज कुवेतले रक्तदान कार्यक्रम गर्दै अाएको तमु समाज कुवेतले कुवेतमा कार्यरत सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूलाइ स्वस्फुर्त रूपमा सामुहिक रक्तदान कार्यक्रममा सहभागी हुन सबैमा अनुरोध गरेको छ ।

दैनिक जिवनमा हुनसक्ने सम्भावित घटना-दुर्घटना, अप्रेशन या जुनसुकै कारणले पनि शरीरमा रगतको कमी भई जिबन मृत्‍युको दोसाँधमा अल्झिरहेका मनिसहरुको जिबनरक्षाको लागि विश्वको एक कुनाबाट रक्तदान गरेर अर्को कुनासम्म बचाउन सकिन्छ । तमु समाज कुबेतले यहि वास्तविकतालाई अनुसरण गरेर बिगत ५ बर्षदेखी कुवेतको नेपाली समाजमा यो रक्तदान अभियान चलाउँदै आएको छ ।

सदा झैं सामुहिक रुपमा गरिने रक्तदान कार्यक्रम यसपाली पनि कुवेतको जाब्रियास्थित सेन्ट्रल ब्लड बैंकमा आयोजना गरिने भएकोले सम्पूर्ण कुवेतवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई यस मानविय कार्यमा सहभागी भई कार्यक्रम सफल पारिदिन आयोजक संस्था तमु समाज, कुबेतले सार्वजनिक रुपमा अनुरोध गरेको छ साथै उक्त दिन कुनै पनि कार्यक्रम नजुधाइ दिन पनि कुवेत स्थित कृयाशिल संघ सँस्था र अभियन्ताहरूसँग अाग्रह गरेको छ ।

रक्तदान कार्यक्रमको विवरणः

मिति : जुलाई ५ तारिख २०१९ शुक्रबार
समय : बिहान ठिक १२ बजे
स्थान : सेन्ट्रल ब्लड बैंक, जाब्रिया, कुबेत
आयोजक :तमु समाज कुवेत


सम्बन्धित शीर्षकहरु

विश्वभर जलवायु परिवर्तनको असर तीव्र रूपमा देखिन थालेपछि यो विषय अहिले विश्वको प्रमुख एजेन्डा बनेको छ। संयुक्त राष्ट्रसंघका हालैका प्रतिवेदनले…

पाकिस्तानले अफगानिस्तानका १० स्थानमा हवाई तथा ड्रोन हमला गरेको जनाएको छ। पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारका अनुसार ती स्थानहरू ड्रोन लन्च…

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै नेपाली प्रधानमन्त्री बालेन्द्र शाहले हालै नेपालमा आएको विनाशकारी बाढी र जलवायु परिवर्तनका असरबारे विश्व…

प्रतिकृयाहरू
...