Tuesday 10th March 2026

राज्यमन्त्रीले नै गराईदिए दलितको वालविवाह, अधिकारकर्मीहरूद्वारा राज्यमन्त्रीको राजिनामा माग


रन्जिता भट्टराई –  प्रदेश दुई सरकारले चलाएको बेटी पढाउ , बेटी बचाउ अभियानलाई सरकारकै एक राज्यमन्त्रीले चुनौती दिदै आफ्नै खर्चमा वालविवाह गरिदिएका छन् । आफै उपस्थित भएर डोम समुदायको वालिकाको विवाह गराइदिएका ति राज्यमन्त्रीको अधिकारकर्मीहरुले राजिनामा माग गरेका छन् । मधेसका दलित समुदायमा चेतनाको अभाव हुँदा आफ्ना कलिला सन्तानहरुको विवाह गरिदिने चलन रोगको रुपमा रहेको छ । यस्तैमा प्रदेश दुइृका एक राज्यमन्त्रीले नै दलित समुदायमा ठूलो समस्याको रुपमा रहेको वालविवाह रोक्नुको साटो आफ्नै खर्चमा स्वयं उपस्थित भएर दलित किशोरीको विवाह गराईदिए पछी खैलाबैला मच्चिएको हो।

प्रदेश २ का उद्योग पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले सम्पूर्ण खर्च तिरेर सिरहामा डोम समुदायका १४ बर्षिया किशोरीको विवाह गराएका हुन् । राज्यमन्त्री मण्डलले कल्याणपुर नगरपालिका ३ प्रसाहीका कुशे मल्लिक डोमकी छोरी राधा मल्लिकको विवाह आफ्नै खर्चमा यही मंगलवार राति गराएका हुन् । आर्थिक अवस्था कमजोर रहेको र जन्तीलाई समेत स्वागत गर्न नसक्ने अवस्थाका कारण सम्पूर्ण खर्च तिरेर विवाह गराइदिएको राज्यमन्त्री मण्डलका सहयोगी रमेश मण्डलले जानकारी दिएका छन् ।

राज्यमन्त्री मण्डलले विवाहमा दुलही राधाको अविभावकको जिम्मेवारी निभाए । वडाध्यक्ष अशोक मण्डलको संयोजकत्वमा भएको उक्त विवाहमा दुलहा–दुलहीलाई राज्यमन्त्री मण्डलले आर्शिवाद दिँदै आफूले गरिब–धनी र छुवाछुतको अन्त्यको सन्देश दिन राधाको विवाहको खर्च ब्यहोरेको बताए । सिरहा क्षेत्र नम्बर ५ बाट प्रदेश सभासदको चुनाव जितेका मण्डल राजपाको सह-महासचिव पनि हुन् ।

२० बर्ष भन्दा कम उमेरमा विवाह गराईदिनु कानुन विपरित हो । नियम कानुनको कार्यन्वयन गर्नु पर्ने मन्त्रीले कानुनको खिल्ली उडाउँदै वालविवाह गराउँदै हिँड्नु लज्जास्पद हो , दलित अधिकारकर्मी तथा पुराना वामपन्थी नेता शिवकुमार महराले भने, ति वालिकाको विवाहमा गरेको खर्च उनको पढाईलेखाई वा कुनै शिपमुलक तालिममा लगानी गरिदिएको भए राम्रो हुन्थ्यो ।

मन्त्रीको राजिनामा माग
यसैवीच सिरहाका अधिकारकर्मीहरुले दलित वालिकाको विवाह गराईदिने राज्यमन्त्री मण्डलको राजिनामा माग गरेका छन् । अधिकारकर्मी बिनोद बिशुखेंले जानाजान वालविवाह गराईदिने मन्त्री मण्डलले तत्काल राजिनामा दिनु पर्ने बताए । बिशुखेंले भने , वालविवाहलाई कानुनले स्वतः गैर कानुनी भनेको छ , गैर कानुनी काम गर्दै हिँड्ने राज्यमन्त्रीसगँ प्रदेश सरकारले तत्काल राजिनामा माग्नु पर्छ , र पार्टीले पनि उनलाई तत्काल कार्वाही गर्नु पर्छ ।

कारवाही हुन्छ ः माहासचिव सुमन
राज्यमन्त्री मण्डलले वालविवाह गराईदिएको आफ्नो जानकारीमा आए पनि केटीको उमेर आधिकारिक रुपमा पुष्टि नभएको राजपाका माहासचिव मनिष शुमनले बताए । यदि केटीको उमेर २० बर्ष नकटेको भए पार्टीले छानविन गरेर मण्डललाई कार्वाही गर्छ , यसमा सबैजना ढुक्क भए हुन्छ , सञ्चारकर्मीहरुसगँ कुरा गर्दै माहासचिव शुमनले बताए ।


सम्बन्धित शीर्षकहरु

इरानका पाँच महिला खेलाडीहरूले अष्ट्रेलियामा शरण माग्नु र पाउनु केवल खेलकुदको समाचार मात्र होइन, यो मानव स्वतन्त्रता र व्यक्तिगत अधिकारसँग…

कुवेतमा रहेको सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि राजधानीको वित्तीय क्षेत्रमा ठूलो असर परेको छ। इरानी ड्रोन आक्रमण भएको भनिएको घटनापछि…

इरानका राष्ट्रपति Masoud Pezeshkian ले शनिबार आफ्नो देशले कुनै पनि हालतमा आत्मसमर्पण नगर्ने बताएका छन्। इजरायलसँग जारी आक्रमण–प्रतिआक्रमणका बीच उनले…

प्रतिकृयाहरू
...