Wednesday 26th August 2026

नमुना बिश्वकर्मा समाज नेपाल कुवेतद्वारा दुबै मृर्गौला पीडितलार्इ आर्थिक सहयोग


तितोपाटी – नमुना बिश्वकर्मा समाज नेपाल – कुवेतले दुबै मृर्गौला पीडित अरूण बिश्वकर्मालार्इ २१,००० हजार आर्थिक सहयोग गरेको छ । झापा जिल्ला दमक नगरकार्यपालिकाको कार्यालय दमक ०१ बस्ने वर्ष २७ को अरूण बिश्वकर्माको दुबै मृर्गौला फेल भएको छ । उनको अहिले मानव प्रत्यारोपण केन्द्र भक्तपुरमा उपचार भइरहेको छ ।

उनको घरको आर्थिक अवस्था अत्यन्तै न्यून र विपन्न परिवार भएको हुदाँ उपचारमा समेत समस्या भइरहेको छ । उनको उपचारार्थ नमुना बिश्वकर्मा समाज नेपाल – कुवेतका कोषाध्यक्ष गोपाल गदाइलीले कुवेतको बहराइन एक्सचेञ्ज मार्फत तिकाराम बुढाथोकीको नाममा उक्त आर्थिक सहयोग पठाएको समाजका अध्यक्ष भिम बहादुर गदलले तितोपाटीलाई जानकारी गराएका छन ।

सन् २०१६ को अन्त्य तिर कुवेतको नेपाली समाजमा स्थापना भएको समाजले कुवेतमा मात्र नभई नेपालमा पनि  विभिन्न किसिमका आपत बिपत्तिमा परेका, बिश्वकर्माहरुमा लुकेर रहेको प्रतिभा प्रस्फुटन गराउन आयोजना गरिएका विविध कार्यक्रम र गरिबीहरुलाई  सहयोग गर्नुको साथै कुवेतमा दुखमा परेका, अलपत्र परेका र अपांग भएका  नेपालिहरुको उद्धार कार्यमा पनि निकै महत्त्वपूर्ण भुमिका खेल्दै अाएको छ  ।


सम्बन्धित शीर्षकहरु

तिब्बततर्फबाट आएको ठूलो बाढी रसुवाको भोटेकोशी नदीमा प्रवेश गर्दा स्याफ्रुबेँसी र टिमुरे क्षेत्रमा व्यापक क्षति पुगेको छ। बाढीले बजार, सडक,…

पाकिस्तानको राजधानी इस्लामाबादस्थित सरकारी पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (PIMS) अस्पतालको नवजात शिशु वार्डमा आगलागी हुँदा कम्तीमा १५ नवजात शिशुको…

नोबेल पुरस्कार विजेता बेलायती भौतिकशास्त्री सर रोजर पेनरोजले हाम्रो ब्रह्माण्डभन्दा अघि पनि अर्को ब्रह्माण्ड अस्तित्वमा रहेको हुन सक्ने र त्यसको…

प्रतिकृयाहरू
...