Thursday 16th May 2024

नमुना बिश्वकर्मा समाज नेपाल कुवेतद्वारा दुबै मृर्गौला पीडितलार्इ आर्थिक सहयोग


तितोपाटी – नमुना बिश्वकर्मा समाज नेपाल – कुवेतले दुबै मृर्गौला पीडित अरूण बिश्वकर्मालार्इ २१,००० हजार आर्थिक सहयोग गरेको छ । झापा जिल्ला दमक नगरकार्यपालिकाको कार्यालय दमक ०१ बस्ने वर्ष २७ को अरूण बिश्वकर्माको दुबै मृर्गौला फेल भएको छ । उनको अहिले मानव प्रत्यारोपण केन्द्र भक्तपुरमा उपचार भइरहेको छ ।

उनको घरको आर्थिक अवस्था अत्यन्तै न्यून र विपन्न परिवार भएको हुदाँ उपचारमा समेत समस्या भइरहेको छ । उनको उपचारार्थ नमुना बिश्वकर्मा समाज नेपाल – कुवेतका कोषाध्यक्ष गोपाल गदाइलीले कुवेतको बहराइन एक्सचेञ्ज मार्फत तिकाराम बुढाथोकीको नाममा उक्त आर्थिक सहयोग पठाएको समाजका अध्यक्ष भिम बहादुर गदलले तितोपाटीलाई जानकारी गराएका छन ।

सन् २०१६ को अन्त्य तिर कुवेतको नेपाली समाजमा स्थापना भएको समाजले कुवेतमा मात्र नभई नेपालमा पनि  विभिन्न किसिमका आपत बिपत्तिमा परेका, बिश्वकर्माहरुमा लुकेर रहेको प्रतिभा प्रस्फुटन गराउन आयोजना गरिएका विविध कार्यक्रम र गरिबीहरुलाई  सहयोग गर्नुको साथै कुवेतमा दुखमा परेका, अलपत्र परेका र अपांग भएका  नेपालिहरुको उद्धार कार्यमा पनि निकै महत्त्वपूर्ण भुमिका खेल्दै अाएको छ  ।


सम्बन्धित शीर्षकहरु

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

नीति तथा कार्यक्रम प्रस्तुतका क्रममा राष्ट्रपतिलाई संसद्मा अवरोध नगरेको कांग्रेस संसदीय समितिको मागको अडानमा भने कायमै छ । मंगलबार बिहान सिंहदरबारमा…

सुस्तरी मनमा पसेर गयो मायाको डोरी कसेर गयो । चोखो माया दिएकी थिए निष्ठुरी बनी डसेर गयो । दिलभित्र लुकाइ…

प्रतिकृयाहरू
...