Tuesday 10th March 2026

डडेल्धुरामा यात्रुवाहक बस दुर्घटना हुँदा ५ जनाको मृत्यु, ३४ घाइते


तितोपाटी – डडेल्धुरा जिल्लाको भिमदत्त राजमार्ग अन्तर्गत शाहुखर्कमा यात्रु बाहक बस दुर्घटना हुदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा तीन जना पुरुष र दुई जना महिला छन्। सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने एक मात्र सडक भिमदत्त राजमार्ग अन्र्तगत गन्यापधुरा गाउँपालिका १ शाहुखर्कमा बस दुर्घटना भएको हो। बस यात्रुसँगै सामानले भरिएको थियो।

दुर्घटनामा ३४ जना घाईते भएका छन्। गम्भीर घाईते ६ जनाको थप उपचारका लागि डडेल्धुरा अस्पतालमा रिफर गरिएको छ। २३ जना मध्यम घाईते भएका छन् भने ५ जना सामान्य घाइते रहेको डडेल्धुरा अस्पतालले जनाएको छ। कैलालीको अत्तरियाबाट बझाङ्ग जादै गरेको ना ६ ख १८३१ नम्बरको कर्णाली रिभर यातायातको बस दुर्घटना भएको हो। दुर्घटनामा मृत्यु हुनेहरुमा बझाङ्ग केदारस्यु गाउँपालिकाका २५ वर्षीय नरेन्द्रगुरु धामी, केदारस्यु बागथलाका हरुली बोहोरा र कलसी देवी गुरुधामी, तलकोट ४ का ४४ वर्षीय धनबहादुर घर्ती, र भारत बिहारका २५ बर्षिय नसिर कटिहारी रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

गम्भीर घाईते हुनेमा कैलाली गोदावरी नगरपालिका १० का रमेस चौधरी, बझाङ्ग थलाराकी देवा बोहरा, बझाङ्ग केदारस्युका जगन्नाथ जोशी, बझाङ्ग मष्टा गाउँपालिकाका विनोद थापा र भारत विहारका महोमद गुल्जर रहेका छन्। बुधबार बिहान करिब साढे चार बजे तिर बस सडकबाट सय मिटर तल खसेको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए। क्षमता बढी भार र सहचालकले गाडी चलाएका कारण दुर्घटना भएको प्रहरीको अनुमान छ।


सम्बन्धित शीर्षकहरु

इरानका पाँच महिला खेलाडीहरूले अष्ट्रेलियामा शरण माग्नु र पाउनु केवल खेलकुदको समाचार मात्र होइन, यो मानव स्वतन्त्रता र व्यक्तिगत अधिकारसँग…

कुवेतमा रहेको सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि राजधानीको वित्तीय क्षेत्रमा ठूलो असर परेको छ। इरानी ड्रोन आक्रमण भएको भनिएको घटनापछि…

इरानका राष्ट्रपति Masoud Pezeshkian ले शनिबार आफ्नो देशले कुनै पनि हालतमा आत्मसमर्पण नगर्ने बताएका छन्। इजरायलसँग जारी आक्रमण–प्रतिआक्रमणका बीच उनले…

प्रतिकृयाहरू
...