Sunday 8th March 2026

नेपालका गोल्ड मेडलिष्ट म्याराथन धावक कुवेतमा पनि नं. १


आफ्नै पुरानो रेकर्डलाइ पनि ब्रेक गरे

तितोपाटी – नेपालमा गोल्ड मेडल हात पारी सकेका म्याराथन धावक गुल्मीका नारायण श्रेष्ठ हाल वैदेशिक रोजगारीको शिलशिलामा करिव २ वर्षदेखि कुवेतमा कार्यरत छन् । बाल्यकाल देखि नै दैडमा अत्यन्त रूचि भएका धावक श्रेष्ठले कुवेत आएर पनि म्याराथनको लगाब छोडेका छैनन् । बरू काम गरेर बचेको समयलाइ खेल प्रशिक्षणमा सदुपयोग गरेर एक अव्वल दर्जाको म्याराथन धावकको रूपमा अन्तर्राष्ट्रिज जगतमा आफु र मातृभूमि नेपाललाइ चिनाउन सफल भएका छन् ।

हाफ म्याराथन धावक रहेका श्रेष्ठले कुवेत आएको २ वर्ष पनि नबित्दै दर्जनाै प्रतियोगितमा सहभागिता जनाएर अधिकांश खेलमा उत्कृष्टता प्रदर्शन गरेका छन् भने हाफ म्याराथनमा आफ्नो पुरानो रेकर्ड समेत तोड्न सफल भएका छन् । गत मार्च २८ तारिक भएको म्याराथन प्रतियोगितामा उनले नयाँ रेकर्ड कायम राख्दै म्याराथन हिरोको रूपमा चिनिएका छन् । त्यसो त गत वर्षको प्रतियोगितामा पनि उनी नै प्रथम भएका थिए ।

 कुवेत स्थित अमेरिकीन युनिभर्सिटी अफ मिडल इस्टमा कार्यरत रहि युरोप, अमेरिका, अफ्रिका, मध्यपुर्व र दक्षिण एशियाका प्रतियोगीहरूसँग सहभागिता जनाएर प्रतियोगितामा पहिलो भएका उनले यस पटक लगभग नेपाली  २ लाख रूपैयाँ धनराशिको पुरस्कार जितेका छन् भने विजेता बनेपछि नेपालको झण्डा फर्फराएर अन्तर्राष्ट्रय जगतमा नेपालको नाम रोशन गराएका छन्।

 नैतिकता, इमान्दारीता, लगनशीलता र कडा मेहनतको साथमा खेल सम्बन्धि सैद्दान्तिक ज्ञान भएपछि सफलता निश्चित छ भन्न रूचाउने अति मिजासिला र मिलनसार धावक श्रेष्ठले गाउँ, जिल्ला, क्षेत्र हुँदै काठमाण्डाैं सम्मको यात्रामा खुल्ला म्याराथन, हाफ म्याराथनमा सहभागी भएर तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहालको हातबाट मेडल ग्रहण गरिसेका छन् भने २०७० सालमा म्याराथनमा दर्ता भएका उनले कान्तिपुर हाफ म्याराथनमा समेत सहभागी भएका थिए भने काठमाडौमा आयोजित मदन भण्डारी स्पोर्ट्स जुनियर म्याराथनमा गोल्ड मेडल हात पार्दै आफ्नो कीर्तिमानी यात्रा अगाडि बढाएका थिए ।

नेपालमा रहँदा केहि समय नेपलाका पहिलो म्याराथन धावक बैकुण्ठ मानन्धर सँग दशरथ रंगशालामा प्रशिक्षण लिने अवसर पाएका श्रेष्ठले नेपालका राम्रो धावक बिष्णु रिमालसँग पनि सहकार्य गर्न पाएको अनुभव सुनाउँछन् भने कुवेतमा आएर उनले अझ बढि प्रशिक्षण लिएका छन् । उनको म्याराथन प्रतिको रूचि र लगाव देखेर विदेशी प्रशिक्षकहरू समेत मन्त्रमुग्ध भएपछि उनलाइ विभिन्न देशका प्रशिक्षकहरूले १४ महिना लामो प्रशिक्षण दिएर एक उत्कृष्ट खेलाडी बनाउन सफल भएका छन् भने श्रेष्ठ आफैं पनि प्रशिक्षक बनी अन्य खेलाडीहरूलाइ प्रशिक्षण दिइरहेका छन् ।

 आर्थिक अभावका कारण खेलकुद क्षेत्रका धेरै हस्तीहरू विदेशिन वाध्य हुन परेको तीतो सत्यलाइ ओकल्दै श्रेष्ठले “सरकारले खेलकुद क्षेत्रमा लगानी बढाएर खेलकुदको विकासलाइ महत्व दिने र शहरमा मात्र सिमित नभइ दुरदराजका विकटका गाउँ बस्तीका खेलाडीहरूलाइ प्रोत्साहित गर्दै खेलकुदको विकासको लागि कार्य गरेमा अन्तर्राष्ट्रय स्तरमा उत्कृष्टता प्रदर्शन गर्ने खेलाडीहरू नेपालमा छन् । म्याराथनको क्षेत्रमा धेरै धावकहरु भएपनि नेपालमा खेल क्षेत्रमा अपेक्षित विकास हुन नसक्दा खेलाडीहरु खेल छोडेर विदेसिनु पर्ने बाध्यत्मक अवस्था रहेकोछ” उनले भने ।

म्याराथन मै विशेषज्ञता हासिल गर्ने लक्ष्य लिएका श्रेष्ठले कुवेतस्थित खेलकुद क्लबहरूले उनलाइ बोलाइरहे पनि अहिलेसम्म आफु कुनै क्लबमा नगएको जनाउँदै सरकारले खेलकुदको विकास र खेलाडीहरूको निमित्त अवसरको सृजना गरि दिए छिट्टै नै नेपाल फर्केर म्याराथन मै जीवन समर्पित गर्ने जनाएका छन् ।


सम्बन्धित शीर्षकहरु

तेहरान: इरानका मारिएका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीलाई पवित्र शहर मशहदमा गाडिनेछ, फार्स समाचार एजेन्सीले मंगलबार जनाएको छ।   ३६…

एजेन्सि-अमेरिकी रक्षा मन्त्री **Pete Hegseth**ले इरानमाथि गरिएको आक्रमण “शासन परिवर्तनका लागि नभएको” स्पष्ट पारेका छन्। पेन्टागनमा दिएको सम्बोधनमा उनले भने,…

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

प्रतिकृयाहरू
...