Saturday 28th March 2026

किशोरीलाई इन्जेक्सन लगाएर ७ जनाद्वारा सामुहिक बलात्कार


तितोपाटी -कैलालीको घोडाघोडी नगरपालिका–४ मा १६ वर्षीया एक किशोरीमाथि ७ जनाको समूहले सामूहिक बलात्कार गरेको छ।

बलात्कारमा संलग्न सातमध्ये ६ जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ।

बलात्कारको आरोपमा घोडाघोडी नगरपालिका–१ का केशव भनेर चिनिने राकेश गिरी, रुपेश चौधरी, लक्ष्मण रावल, हिमराज क्षेत्री, नरेन्द्र बिक र नवीन शाही पक्राउ परेका हुन्। अर्का एक जना फरार रहेका प्रहरीको भनाई छ।

उनीहरुले १ वैशाखमै किशोरीलाई घोडाघोडीको जंगलमा इन्जेक्सन लगाएर सामुहिक बलात्कार गरेका प्रहरीको भनाई छ। तर, घटनाको विषयमा शनिबारमात्रै जाहेरी परेको इलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरीक्षक यक्षराज जोशीले जानकारी दिए।

किशोरी आफन्तको विवाहमा जाने क्रममा घोडाघोडी जङ्गलमा बलात्कार भएको हो।

पीडित किशोरीको घोडाघोडी अस्पतालमा उपचार हुन नसकेपछी नेपालगन्ज रेफर गरिएको थियो।

नेपालगञ्जमा पनि उपचार सम्भव नभएपछि अहिले किशोरीको काठमाडौँमा उपचार भइरहेको प्रहरी निरीक्षक जोशीले बताए।


सम्बन्धित शीर्षकहरु

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

कुवेतमा आज २५ मार्चका दिन परेको अविरल झरिपछि राजमार्गहरू पानीले भरि भराउ भएपछि सरकारले ट्राफिक व्यवस्थापनका लागि केहि राजमार्गहरूलाइ अस्थायी…

प्रतिकृयाहरू
...