Wednesday 8th April 2026

कोलम्बो आक्रमण अपडेटः १०० भन्दा बढिको मृत्यु, ४०० भन्दा बढी घाइते


तितोपाटी – श्रीलंकाको राजधानी कोलम्बोमा एक सय बढीको मृत्यु भएकाे छ भने चार सय भन्दा बढी घाइते भएका छन्। ३ गिरिजाघर र ३ वटै पाँचतारे होटलमा भएको आक्रमणमा परेर उनीहरूकाे मृत्यु भएकाे अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। मध्य कोलम्बोस्थित साङ्ग्रिला, सिनमन ग्र्यान्ड र किङ्सबरी होटलमा पनि छुट्टाछुट्टै विस्फोटन भएको बताइएको छ।

कोलम्बो नेसनल अस्पतालका निर्देशकले भने– ‘आइतवार बिहानै भएको आक्रमणमा एक सय बढीको भन्दा बढीकाे मृत्यु भइसकेको छ भने घाइतेहरुलाई अस्पताल पुर्याइएको छ।’ स्थानिय समय अनुसार बिहान ८ बजेर ४५ मिनेटमा आक्रमण भएको थियो।

इसाई धर्मावलम्बीहरूले इस्टर पर्व मनाइरहँदा यी विस्फोटनहरू भएका हुन्। प्रत्येक वर्ष अप्रिल महिनामा पूर्णिमापछि पहिलो आइतवारको दिन इस्टर पर्वमा मनाइन्छ। विस्फोटनपछि संवेदनशील स्थानहरूमा सुरक्षाव्यवस्था बढाइएको छ।

चार वटा चर्च आक्रमणकारीको निशानामा राखिएको थियो। कोचिकाडा चर्च, कटुवापितिया चर्च, किङ्सबेरी चर्च, बेतिकोला चर्चलाई निशानामा राखिएको थियो।  श्रीलङ्काको अन्य बिभिन्न क्षेत्रमा पनि आक्रमण भएको प्रहरी प्रवक्ता रुवान गुनसेकेराले बताएका छन्। आक्रमण कसले र किन गराएको भन्ने कुरा पुष्टि भएको छैन।

 

 

 


सम्बन्धित शीर्षकहरु

गत महिना नेपालमा नयाँ प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा युवा सांसदहरूले भरिएको संसद गठन हुँदा बंगलादेशकी युवा कार्यकर्ता उमामा फतेमाले यसलाई…

कुवेतको विद्युत, पानी तथा नवीकरणीय ऊर्जा मन्त्रालयले अप्रिल ५ देखि ११, २०२६ सम्म देशका विभिन्न क्षेत्रमा प्रत्येक दिन ४ घण्टाको…

राज्यका उच्च निकाय, प्रभावशाली राजनीतिक वृत्त र ठूला व्यापारिक घरानासँग जोडिएका अनियमितता तथा सार्वजनिक सम्पत्तिको दुरुपयोगका घटनालाई उजागर गर्दै पत्रकार…

प्रतिकृयाहरू
...