Sunday 9th November 2025

अमेरिकामा आँधीको कारण ४ जनाको मृत्यु


तितोपाटी – संयुक्तराज्य अमेरिकामा आँधीको कारण ४ जनाको मृत्यु भएको छ । अमेरिकाको मिसिसिपी र अलाबामा राज्यमा आएको आँधीका कारण चार जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् ।

मिसिसिपी राज्यको लिन्कन काउन्टीमा बिहीबार एउटा रुखले किचेर ६३ वर्षीय एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । अरु दुई जनाको गाडी चलाइरहेका बेला मृत्यु भएको थियो ।

अलाबामा राज्यको पेल नगरमा एक जना ४२ वर्षीया महिलाको घुम्ती निवासमा रुखले थिचेर मृत्यु भएको थियो ।

बिहीबारको आँधीले अमेरिकाको दक्षिणमा रहेका अलाबामा, मिसिसिपी, लुजियाना र टेक्सास समेतका राज्यहरुमा व्यापक क्षति गरेको थियो । मिसिसिपी राज्यमा आँधीबाट सर्वाधिक प्रभाव परेको थियो ।

एक लाखभन्दा बढी मानिसका घरमा विद्युत सेवा अबरुद्ध भएको छ ।


सम्बन्धित शीर्षकहरु

चिनियाँ नेता सी जिनपिङको निरीक्षणमा भव्य आयोग समारोह पछि चीनको सबैभन्दा उन्नत विमान वाहक, फुजियान, सेवामा प्रवेश गरेको छ, राज्य…

इस्तानबुल: टर्किएले युद्धको अन्त्य गर्न वार्ता अन्तर्गत उत्तरी इराकमा लुकेका हजारौं कुर्दिस्तान वर्कर्स पार्टी (PKK) लडाकुहरू र नागरिकहरूलाई घर फर्कन…

कुवेत - माङसेबुङ सरोकार समाज कुवेतको आयोजनामा किराँत धर्मका महान गुरु समाज सुधारक तथा नेपालको १६ औं राष्ट्रिय विभूति फाल्गुनन्द…

प्रतिकृयाहरू
...