Sunday 27th July 2025

मोरङ र उदयपुरमा सवारी दुृृघटना हुँदा २ जनाको मृत्यु


तितोपाटी – मोरङ र उदयपुरमा शुक्रबार राती  सवारी दुर्घटना हुँदा दुर्घटनामा परेर दुईजनाको मृत्यु भएको छ।

मोरङको सुन्दरहरैंचा नगरपालिका–३ त्रियुगा चोकमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को २६ प ३०९९ नम्बरको मोटरसाइकल शुक्रबार बेलुका ७ बजे आफैँ अनियन्त्रित भइ दुर्घटनामा परेको थियो। दुर्घटनामा मोटरसाइकल चालक स्थानीय ३५ वर्षीय धनकुमार राईको मृत्यु भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा राति ९ बजे न्युरो अस्पताल विराटनगरमा मृत्यु भएको हो।

उदयपुरको त्रियुगा नगरपालिका–७ मा गाईघाटबाट चुहाडेतर्फ जाँदै गरेको लु ३ त ४४४९ नम्बरको ट्रयाक्टरले विपरित दिशावाट आउँदै गरेको लु ४९ प ४०७४ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा अर्को दुर्घटना भएको छ।

दुर्घटनामा परेर घाइते भएका मोटरसाइकल चालक उदयपुरगढी गाउँपालिका–७ का ३५ वर्षीय कालिन्दा भण्डारीको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको प्रहरीले जनाएको छ। उदयपुर प्रहरी प्रमुख एसपी चन्द्रदेव राईका अनुसार राति साढे ८ बजे भण्डारीको मृत्यु भएको हो। ठक्कर दिने ट्रयाक्टर र चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको उनले बताए।


सम्बन्धित शीर्षकहरु

अर्ध-राज्य आधिकारिक समाचार साइट तस्निमले एक कथित प्रत्यक्षदर्शीको बयान जारी गर्‍यो जसले दाबी गर्‍यो कि "बन्दुकधारीहरू बीस वर्षका तीन जना…

तितोपाटी-पाल्पाली लोक गायक बद्री पंगेनीको तीज कोसेली "पाल्पाली कान्छो झापाली कान्छी" सार्वजनिक भएको छ । बद्री पंगेनी अफिसियल युटयूव च्यानलबाट…

एजेन्सि-थाइल्याण्ड र कम्बोडियाबीचको सीमामा फेरि तनाव बढेको छ। थाइल्याण्डले कम्बोडियामा रहेको सैन्य अखडामा हवाई हमला सुरु गरेको छ। यसअघि बिहीबार…

प्रतिकृयाहरू
...