Sunday 9th November 2025

पाल्पामा जीप दुर्घटना हुँदा चालकको मृत्यु, १ जना घाइते


तितोपाटी – पाल्पा जिल्लाको रम्भा गाउँपालिका–३, देउरालीमा जिप दुर्घटना हुँदा जिप चालकको मृत्यु भएको छ। दुर्घटनामा चालक रम्भा गाउँपालिका–२, फोक्सिङकोटका ३० वर्षीय लाल बहादुर सिंजालीको निधन भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

बुधबार दिउँसो लु १ ज १७८६ नम्बरको जिप दुर्घटनामा घाइते भएका चालक सिंजालीको उपचारका क्रममा मृत्यु भएको हो। उकालोमा ब्रेक फेल भई ब्याक भएर सडकबाट झण्डै २ सय मिटर तल खसेको थियो। स्थानीय मलेङ भन्ने गाउँमा सामान छोडेर निस्कने क्रममा देउराली नजिकै मेन रोड निस्कनै लाग्दा जिप दुर्घटनामा परेको थियो। चालक लालबहादुर सिंजालीको बुधवार साँझ उपचारको क्रममा लुम्बिनी मेडिकल कलेज प्रभासमा मृत्यु भएको हो।

दुर्घटनामा घाइते देवबहादुर सिंजालीको अहिले लुम्बिनी मेडिकल कलेज प्रवासमा उपचार भइरहेकोे रम्भा २ का वडा सदस्य दुर्गा थापाले बताए।


सम्बन्धित शीर्षकहरु

चिनियाँ नेता सी जिनपिङको निरीक्षणमा भव्य आयोग समारोह पछि चीनको सबैभन्दा उन्नत विमान वाहक, फुजियान, सेवामा प्रवेश गरेको छ, राज्य…

इस्तानबुल: टर्किएले युद्धको अन्त्य गर्न वार्ता अन्तर्गत उत्तरी इराकमा लुकेका हजारौं कुर्दिस्तान वर्कर्स पार्टी (PKK) लडाकुहरू र नागरिकहरूलाई घर फर्कन…

कुवेत - माङसेबुङ सरोकार समाज कुवेतको आयोजनामा किराँत धर्मका महान गुरु समाज सुधारक तथा नेपालको १६ औं राष्ट्रिय विभूति फाल्गुनन्द…

प्रतिकृयाहरू
...