Monday 13th April 2026

बस र ट्रिप्पर ठोक्किंदा भक्तपुरमा एकको मृत्यु, ३ घाइते


तितोपाटी – अरनिको राजमार्गको भक्तपुरस्थित सूर्यविनायक नपा ९ नलिञ्चोक सडकखण्डमा गएराति बस र ट्रिपर ठोक्किँदा बसका सहचालकको मृत्यु भएको छ। त्यस्तै बसका चालक र ट्रिपरका चालक तथा सहचालक गरी ३ जना घाइते भएका छन्। काठमाडौंबाट बनेपातर्फ जाँदै गरेको बा ३ ख १७८४ नम्बरको भाडाको बस र विपरीत दिशाबाट आउँदै गरेको बा ४ ख ४८१५ नम्बरको ट्रिपर एकापसमा ठोक्किएको थियो।

यात्रु नभएको भाडाको बसका सहचालक सिन्धुपाल्चोकको चौतारा सागागढी ३ बतासे बस्ने ३२ वर्षीय रमेश भण्डारीको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ। परिसरका अनुसार बसका चालक बतासेकै २४ वर्षीय सन्तोष थापा गम्भीर घाइते भएका छन्। त्यस्तै ट्रिपर चालक सिन्धुपाल्चोककै लिशंखु पारख गाउँपालिका ७ घर हुने २८ वर्षीय देवकुमार श्रेष्ठ र सहचालक मकवानपुरको बकैया ८ घर हुने २३ वर्षीय कृष्णबहादुर ठकुरी घाइते भएका छन्।

घटनालगत्तै चारजनालाई उपचारको लागि भक्तपुरको मध्यपुर अस्पताल ठिमी लगिएको थियो। अस्पतालले बस चालक र सहचालकलाई थप उपचारको लागि गएराति नै लितपुरस्थित मेडिसिटी अस्पताल रिफर गरिएको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए। मेडिसिटी अस्पतालमा उपचारकै क्रममा सम्बन्धित चिकित्सकले बसका सहचालक भण्डारीलाई मृत घोषणा गरेको उनले बताए।

‘बस चालकको गम्भीर अवस्थामा मेडिसिटी अस्पतालमै उपचार भइरहेको छ’, प्रवक्ता पोखरेलले भने, ट्रिपरका चालक र सहचालकको भने मध्यपुर अस्पतालमै उपचार भइरहेको छ।’ उनका अनुसार दुवै सवारीसाधन चल्नसक्ने अवस्था छैनन्। त्यसैले र्या‍करले निकाली घटनास्थल नजिकै सडक किनारमा राखिएको छ। घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको भक्तपुर परिसरले जनाएको छ।


सम्बन्धित शीर्षकहरु

जन सम्पर्क समिति कुवेतका संरक्षक राजेन्द्र विरहीले एक नेपाली महिला श्रमिकलाइ स्वदेश फर्कन सहयोग गरेका छन् । नेपाली कांग्रेस महासमिति…

खोटाङ कुवेत सम्पर्क मञ्चको पूर्व निर्धारित दोश्रो सांगीतिक कार्यक्रम स्थगित भएको छ । खोटाङ कुवेत सम्पर्क मञ्च कुवेतले अागामी मिती…

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

प्रतिकृयाहरू
...