Sunday 17th August 2025

गुल्मीमा पैसाको प्रलोभन देखाएर १४ वर्षीया किशोरीलाइ बलात्कार गर्ने ४५ वर्षे व्यक्ति पक्राउ


तितोपाटी – गुल्मी जिल्लाको छत्रकोट गाउँपालिका–६ निवासी १४ वर्षीया बालिकालाई पाल्पा तानसेन नगरपालिका–५ घर भएका का ४५ वर्षीय हनुमान भनिने समीर मियाँले बलात्कार गरेको गुल्मी जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपककुमार बस्नेतले बताए ।

मामाघर गएर आमासँगै घर फर्कने क्रममा मियाँले बालिकालाई घरसम्म पुर्याइदिन्छु भन्दै बुधबार मोटरसाइकलमा लिएर आएको र बाटोमै बालिकालाई पैसा दिने प्रलोभन देखाएर बलात्कार गरेको प्रहरीले जनाएको छ ।

कसैलाई नभन्नु भन्दै बालिकालाई रु ५०० दिएर फरार भएका मियाँलाई जिल्ला प्रहरी कार्यालय र अर्घाखाँची जिल्लाको अर्घातोष प्रहरी चौकीको संयुक्त प्रहरी टोलीले एउटा घरमा लुकेर बसिरहेको अवस्थामा पक्राउ गरेको हो । निजलाई जबर्जस्ती करणी अभियोगमा मुद्दा चलाइने प्रहरी उपरीक्षक बस्नेतले बताए ।


सम्बन्धित शीर्षकहरु

पाकिस्तानको उत्तरी क्षेत्रमा भीषण वर्षाका कारण आएको बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या तीन सय ३२ पुगेको छ। शुक्रबार खैबर…

लुलु रिटेलले पहिलो चौमासिकको राजस्व ४.१ अर्ब डलर पुगेको रिपोर्ट गरेको छ, जुन वार्षिक ५.९% ले वृद्धि भएको छ।* *पहिलो…

कुवैत सिटी, दुई दर्जन भन्दा धेरैको ज्यान जाने गरी वितरित विषाक्त रक्सिको सेवनबाट हाल सम्म १० जना नेपाली मरेको पुष्टि…

प्रतिकृयाहरू
...