Wednesday 14th January 2026

नेपालले ओमानलाइ १५० रनको फराकिलो अन्तरले जित्यो


तितोपाटी – आईसीसी यू १९ विश्वकप एसिया छनोटको मंगलबारको खेलमा नेपालले ओमानमाथि १५० रनकाे सहज जित निकालेको छ। यस अघि खेलेको ३ खेलमा नेपालले सिंगापुर र मलेसियालाइ हराएको थियो भने युएइसँग हारेको थियो ।

टस हारेर ब्याटिङ्को निम्ता पाएको नेपालले ओमानलाई २३० रनको लक्ष्य प्रस्तुत गरेको थियो। कमजोर सुरुवात गरेको नेपालले ओपनर रित गौतम र पवन सर्राफलाई क्रमश १० रन र ५ रन गुमाएको थियो। नेपाली टोलीका लागि कप्तान रोहित कुमार पौडेलले सर्वाधिक ७५ रनको महत्वपूर्ण योगदान दिए भने अन्तिम समयमा आक्रामक ब्याटिङ गरेका प्रतिस जिसीले २३ बलमा ४१ रनको योगदान दिए। त्यस्तै, भीम सार्कीको ३९ रन र अभिषेक बस्नेतको १५ रन बाहेक अरु खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्।

यता, ओमानलाई सस्तैमा समेट्न पवन सर्राफले ३ विकेट, प्रतिस जिसी र सूर्य तामाङ्ले समान २/२ विकेट लिए। त्यस्तै, कुशल मल्ल, कमलसिंह ऐरी र भीम सार्कीले समान १/१ विकेट लिए।

 प्रतियोगितामा आयोजक मलेसियासहित नेपाल, युएई, कुवेत, ओमान र सिंगापुर सहभागी छन्। नेपालले  अन्तिम खेल कुवेतसँग वैशाख ५ गते खेल्नेछ। यस प्रतियोगितामा शीर्ष स्थानमा रहने टोली मात्रै अर्को वर्ष दक्षिण अफ्रिकामा हुने विश्वकपकोमा छनोट हुनेछ।


सम्बन्धित शीर्षकहरु

राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार भने कि यदि इरानका अधिकारीहरूले सरकार विरुद्धको लोकप्रिय विद्रोहको दमनमा मानिसहरूलाई फाँसी दिन थाले भने संयुक्त…

गुलाम नवी मन्सुर/ कुवेत - नेपाली राजनीतिको रङ्गमञ्चमा यतिबेला एउटा यस्तो 'नग्न नाच' मञ्चन भइरहेको छ, जसलाई हेरेर दर्शक (जनता)हरू…

एसोसिएटेड प्रेस समाचार एजेन्सीले रिपोर्ट गरेको छ कि संयुक्त राज्य अमेरिकाले इजिप्ट, लेबनान र जोर्डनका मुस्लिम ब्रदरहुड संगठनहरूलाई "आतंकवादी" समूहको…

प्रतिकृयाहरू
...