Friday 22nd August 2025

भू-माफियाको विरोध गर्दा विवेकशील नेपाली दलका १७ जना पक्राउ


तितोपाटी – बालुवाटारको जग्गा भूमाफियाको नाममा दर्ता गराएको भन्दै विरोधमा उत्रिएका विवेकशील नेपाली दलका १७ जना पक्राउ परेका छन्। दलका संयोजक उज्जल थापासहित १७ जनालाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरको निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले पक्राउ गरेको हो।

भूमाफियाले प्रधानमन्त्री निवास र प्रधान्यायाधीश निवासलाई कब्जा गर्न खोजेको भन्दै उनीहरू नेपालको राष्ट्रिय झण्डासहित बालुवाटार पुगेका थिए। सोही क्रममा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा संयोजक थापा, मिलन पाण्डे, अमृत विष्ट, रामजी पन्त, शशीविक्रम कार्की, रमेश सिलवाल, लक्ष्मण श्रेष्ठलगायत १७ जना रहेको पार्टी नेता मिलन पाण्डेले बताए। उनीहरूलाई प्रहरीले पानीपोखरी बिटमा राखेको छ।

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेललाई समेत विक्री गरिएपछि त्यसको विरोधमा विवेकशील नेपाली दलका नेता, कार्यकर्ता स्थानीयसहित प्रदर्शनमा उत्रिएका थिए । विरोधको क्रममा प्रहरीले निषेधित क्षेत्र भनी रोक्न खोज्दा पनि जवर्जस्ती प्रदर्शनमा उत्रिएपछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले नेता तथा कार्यकर्तालाई नियन्त्रणमा एिपछि सार्वजनिक जग्गामा राष्ट्रिय झण्डा गाड्न पाउनु पर्ने नागरिकको हक भएको र प्रहरीले सो अधिकारमाथि हनन् गरेको भन्दै चर्को नाराबाजी समेत गरेका थिए ।


सम्बन्धित शीर्षकहरु

तोयानाथ उपेक्षित, / नेपालको सहकारी ऐन प्रष्ट छ — ऋणी त्यही व्यक्ति वा संस्था हो जसले सहकारीबाट कर्जा माग्छ, कर्जा…

अगस्ट २०२५ – ईजरायलमा हालै तीव्र बनेको सैन्य मस्यौदा (मिलिटरी ड्राफ्ट) विवादका कारण हारेदी अर्थात् अति अर्थोडक्स यहुदी समुदाय सडकमा…

बेरुत: संयुक्त राष्ट्र सुरक्षा परिषद्ले आफ्नो मिसन विस्तार गर्ने बारेमा बहस सुरु गरेपछि लेबनानी राष्ट्रपति जोसेफ आउनले मंगलबार देशको दक्षिणमा…

प्रतिकृयाहरू
...