Saturday 16th August 2025

उदयपुरमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, ११ घाइते


तितोपाटी – उदयपुरमा जीप दुर्घना हुँदा १ जनाको मृत्युु भएको छ भने ११ जना घाइते भएका छन् । जिल्लाको उदयपुरगढी गाउँपालिका १ मा कटारीबाट मुर्मेतर्फ जाँदै गरेको स १ ज ५०६ नम्बरको यात्रुवाहक बोलेरो जीप जीप दुर्घटना भएको हो ।

मृत्यु हुनेमा ४५ वर्षीय केशीमाया परियार रहेको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । सामान्य घाइते भएका हरुको कटारी स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

जीपमा सवार १२ जनामध्ये २ जनालाई उपचारका लागि काठमाण्डौ र एकजनालाई विराटनगर लगिएको छ । दुर्घटना के कारणले भएको भन्ने कुरा खुलेको छैन् ।


सम्बन्धित शीर्षकहरु

विगत केही रातदेखि, हिज्बुल्लाहको गढ मानिने बेरुतको दहियाह जिल्लामा दर्जनौं मोटरसाइकलहरू गुडिरहेका छन्। सवारहरूले निरन्तर हर्न बजाउँछन्, हिज्बुल्लाहको झण्डा फहराउँछन्,…

लुलु हाइपरमार्केट कुवेतले एक हप्ता लामो ‘भारत उत्सव’ शुरू गरेको छ । भारतको स्वतन्त्रता दिवसलाइ लक्षित गरि लुलु हाइपरमार्केटले १३…

अपरेशन सिन्दूरमा मिडिया ब्रीफिंगमा महत्वपूर्ण भूमिका खेल्ने विंग कमाण्डर व्योमिका सिंहसँगै कर्नल सोफिया कुरेशी कौन बनेगा करोडपति (केबीसी) को स्वतन्त्रता…

प्रतिकृयाहरू
...