Saturday 8th November 2025

मधेशका जिल्लाहरूमा आज जुडशितल पर्व, प्रदेश २ मा सार्वजनिक विदा


तितोपाटी-प्रत्येक वर्षको बैशाख २ गते मधेशका जिल्लाहरुमा जुडशितल पर्व मनाउने गरिन्छ। आजको दिन बिहानैदेखि गाउँगाउँमा आफुभन्दा सानाको शिरमा(टाउको) जल थपथपाएर आर्शीवाद दिने गरिन्छ। बुबाआमा, गुरु, मान्यजन एवम् जेष्ठ सदस्यले आफूभन्दा सानाको शिरमा जल रालेर आर्शीवाद दिँदै पर्व मनाउन आज पनि सुरु भइसकेको छ।

वर्षभरि शितलता, सुख, समृद्धि, शान्ति, दीर्घायु एवम् उत्तरोत्तर प्रगति होस् भन्ने ठुलाबडा एवम् जेष्ठ सदस्यले आफूभन्दा सानालाई आशीर्वाद दिने गर्छन्। आजका दिन रुखविरुवामा पानी हाल्नुको साथै खेतबारीमा मलजल गर्ने परम्परा छ।

सूर्यको तापबाट आकुलव्याकुल मानव लगायत रुखविरुवालाई शीतलता प्रदान गर्नु यस पर्वको मूल उद्देश्य हो। नयाँ वर्षमा जल सिँचित गर्दा बालबालिकाको मस्तिष्क शीतल हुने र वर्षभरि नै उसले राम्रो काम गर्ने जनविश्वास रहेको छ। आजैका दिन केही स्थानमा हिलोपानी पनि खेल्ने गरेका छन्।

घरघरमा विशेष परिकार बनाएर खाने चलन छ। सिरहाको लक्ष्मीपुर पतारी, पकडीयागढ र सदरमुकाम सिरहामा मेला आयोजना हुने गरेका छन्। जुडशीतल पर्व मनाउन प्रदेश २ सरकारले सार्वजनिक बिदासमेत दिएको छ।


सम्बन्धित शीर्षकहरु

कुवेतका उपप्रधानमन्त्री तथा आन्तरिक मन्त्री शेख फहाद युसुफ साउद अल-सबाहले आज कुवेतको अल बयान प्लेसमा भारतको केरला राज्यका मुख्यमन्त्री पिनारायी…

लुलु समूहले आगामी बेआउट प्लस मल भित्र नयाँ हाइपरमार्केट खोल्न बेआउट होल्डिङसँग रणनीतिक साझेदारीको घोषणा गरेको छ, जसले अल मुतला…

कुवेत एयरवेजले कार्गो र विभिन्न व्यापार आदानप्रदान सेवाहरू बढाउन लुलु हाइपरमार्केट कुवेतसँग संयुक्त सहयोग प्रोटोकलमा हस्ताक्षर गरेको छ। अल-फगान: लुलु…

प्रतिकृयाहरू
...