Monday 13th April 2026

फेसबुक, इन्स्टाग्राम र ह्वाटसएपमा पुनः विश्वभर समस्या


तितोपाटी- चर्चित सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम र ह्वाट्स एपमा आइतबार दिउँसो पनुः समस्या देखा पर्यो । विश्वभरका प्रयोगकर्ताले ३ वटै सामाजिक सञ्जालमा समस्या व्यहोरेका छन्। फेसबुकमा गत महिना पनि यस्तै समस्या देखा परेको थियो ।

फेसबुक मातहतको इन्स्टाग्राम र ह्वाट्स एपमा आइतबार साँझदेखि विश्वभर ‘डाउन’ भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् । यस सम्बन्धमा फेसबुक प्रयोगकर्ताले ट्वीटरमा फेसबुकलाई मेन्सन गरेर समस्याबारे जिज्ञासा राखिरहेका छन् ।

यी सामाजिक सञ्जालबारे वेवसाइटको मनिटर गर्ने डाउनडिटेक्टर डट सीओ डट यूकेमा सयौं गुनासो दर्जा भइसकेको बेलायती पत्रिका मिररले अनलाइन संस्करणमा उल्लेख गरेको छ ।

हाल फेसबुकको वेवसाइट खोल्ने वित्तिकै एरर म्यासेज आउँछ । किन यी सामाजिक सञ्जालमा समस्या आयो भन्ने बारे अहिलेसम्म खुलेको छैन । फेसबुकले पनि आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।

हिँजो फेसबुकमा समस्या देखिएको करिब २ घण्टापछि यो पुन सञ्चालनमा आएको थियो ।


सम्बन्धित शीर्षकहरु

जन सम्पर्क समिति कुवेतका संरक्षक राजेन्द्र विरहीले एक नेपाली महिला श्रमिकलाइ स्वदेश फर्कन सहयोग गरेका छन् । नेपाली कांग्रेस महासमिति…

खोटाङ कुवेत सम्पर्क मञ्चको पूर्व निर्धारित दोश्रो सांगीतिक कार्यक्रम स्थगित भएको छ । खोटाङ कुवेत सम्पर्क मञ्च कुवेतले अागामी मिती…

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

प्रतिकृयाहरू
...