Monday 13th April 2026

सर्लाहीमा बस पल्टिदा ३ जनाको ज्यान गयो, ८ घाइते


तीतोपाटी-सर्लाहीमा बस दुर्घटना हुँदा तीन यात्रुको ज्यान गएको छ । अन्य ८ जना घाइते भएका छन् । 

काठमाण्डौबाट सुनसरीका लागि छुटेको बा २ ख १३१८ नम्बरको बस सर्लाहीको नवलपुरमा पल्टेको हो ।

दुर्घटनामा श्रीकान्त चौधरी, बबली उराँउ र अनिल उराँउको ज्यान गएको जिल्ला ट्रफिक प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक राजकुमार शाहीले जानकारी दिनुभयो ।

ज्यान गुमाउनेमा सिन्धुपाल्चोकको जलविरेमा रहेको जलविद्युत आयोजनामा काम गर्ने मजदूर रहेको परिचय खुले पनि ठेगाना भने खुलेको छैन । दुर्घटनामा गम्भीर घाइते तीनजनालाई थप उपचारका लागि विराटनगर लगिएको छ ।


सम्बन्धित शीर्षकहरु

जन सम्पर्क समिति कुवेतका संरक्षक राजेन्द्र विरहीले एक नेपाली महिला श्रमिकलाइ स्वदेश फर्कन सहयोग गरेका छन् । नेपाली कांग्रेस महासमिति…

खोटाङ कुवेत सम्पर्क मञ्चको पूर्व निर्धारित दोश्रो सांगीतिक कार्यक्रम स्थगित भएको छ । खोटाङ कुवेत सम्पर्क मञ्च कुवेतले अागामी मिती…

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

प्रतिकृयाहरू
...