Monday 13th April 2026

लुक्लामा हवाईजहाज र हेलिकोप्टर ठोक्किए, ३ जनाको मृत्यु


तीतोपाटी-सोलुखुम्बूको तेन्जिङ हिलारी विमानस्थल लुक्लामा आज बिहान  मनाङ एयरको रोकि राखेको हेलिकप्टरमा रनवेमा गुडिरहेको समिट एयरको जहाज चिप्लिन गइ ठोक्किएर दुर्घटना भएको छ । दुर्घटनामा ३ जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार दुर्घटना विहान ९ वजेर १० मिनेटमा सो दुर्घटना भएको हो । काठमाडौबाट आज विहान लुक्लाका लागि उडेको समिट एयर नाइन एन एएमएचको ट्वीनओटर विमान अवतरणका क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

मनाङ एयर र समिट एयरको जहाज ठोक्किदा विमान दुर्घटनामा परेको हो । मृत्यु हुनेमा मनाङ एयरका सह-चालक र दुई जना सुरक्षाकर्मी रहेको बताइएको छ ।


सम्बन्धित शीर्षकहरु

जन सम्पर्क समिति कुवेतका संरक्षक राजेन्द्र विरहीले एक नेपाली महिला श्रमिकलाइ स्वदेश फर्कन सहयोग गरेका छन् । नेपाली कांग्रेस महासमिति…

खोटाङ कुवेत सम्पर्क मञ्चको पूर्व निर्धारित दोश्रो सांगीतिक कार्यक्रम स्थगित भएको छ । खोटाङ कुवेत सम्पर्क मञ्च कुवेतले अागामी मिती…

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

प्रतिकृयाहरू
...