Friday 22nd August 2025

लुक्लामा हवाईजहाज र हेलिकोप्टर ठोक्किए, ३ जनाको मृत्यु


तीतोपाटी-सोलुखुम्बूको तेन्जिङ हिलारी विमानस्थल लुक्लामा आज बिहान  मनाङ एयरको रोकि राखेको हेलिकप्टरमा रनवेमा गुडिरहेको समिट एयरको जहाज चिप्लिन गइ ठोक्किएर दुर्घटना भएको छ । दुर्घटनामा ३ जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार दुर्घटना विहान ९ वजेर १० मिनेटमा सो दुर्घटना भएको हो । काठमाडौबाट आज विहान लुक्लाका लागि उडेको समिट एयर नाइन एन एएमएचको ट्वीनओटर विमान अवतरणका क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

मनाङ एयर र समिट एयरको जहाज ठोक्किदा विमान दुर्घटनामा परेको हो । मृत्यु हुनेमा मनाङ एयरका सह-चालक र दुई जना सुरक्षाकर्मी रहेको बताइएको छ ।


सम्बन्धित शीर्षकहरु

अगस्ट २०२५ – ईजरायलमा हालै तीव्र बनेको सैन्य मस्यौदा (मिलिटरी ड्राफ्ट) विवादका कारण हारेदी अर्थात् अति अर्थोडक्स यहुदी समुदाय सडकमा…

बेरुत: संयुक्त राष्ट्र सुरक्षा परिषद्ले आफ्नो मिसन विस्तार गर्ने बारेमा बहस सुरु गरेपछि लेबनानी राष्ट्रपति जोसेफ आउनले मंगलबार देशको दक्षिणमा…

गाजा: २२ महिनाभन्दा बढी समयदेखि चलिरहेको युद्ध अन्त्य गर्न नयाँ कूटनीतिक प्रयासपछि हमासले गाजाको लागि नयाँ युद्धविराम प्रस्ताव स्वीकार गरेको…

प्रतिकृयाहरू
...