तीतोपाटी-औसत एक नेपालीको भागमा ३१ हजार ७५० रुपैयाँ ऋण पुगेको छ।
महालेखा परीक्षकको प्रतिवेदनअनुसार एक नेपालीको भागमा एक वर्षमै ७ हजार ७४ रुपैयाँ ऋणको भार थपिएको छ। प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७४/७५ मा नेपाल सरकारको कुल ऋण दायित्व ९ खर्ब १५ अर्ब ३१ करोड छ।
२०६८ सालको कुल जनसंख्या २ करोड ८८ लाख २९ हजारलाई आधार मान्दा प्रतिव्यक्ति ऋण ३१ हजार नाघेको हो। नेपाल सरकारको कुल ऋणमध्ये आन्तरिक ऋण ३ खर्ब ९१ अर्ब १६ करोड र वैदेशिक ऋण ५ खर्ब २४ अर्ब १५ करोड छ।
ऋण दायित्व आव ०७३/७४ को तुलनामा ०७४/७५ मा ३१. १९ प्रतिशतले बढेको हो। उक्त ऋण कुल गार्हस्थ्य उत्पादन ( ३० खर्ब ७ अर्ब)को ३०. ४४ प्रतिशत हो।