Friday 15th August 2025

चार दिनमा ६४ जनाले लिए मलेसियाका लागि श्रम स्वीकृति


तीतोपाटी-श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कलिङ भिसामार्फत मलेसिया जाने कामदारका लागि खुला गरेपछि चार दिनमा ६४ जनाले श्रम कार्यालय ताहाचलबाट स्वीकृति लिएका छन् । सरकारले यही चैत १७ गतेदेखि खुला गरेपछि कार्यालयले चैत २५ गतेदेखि श्रम स्वीकृति दिन थालेको कार्यालयका महानिर्देशक देवेन्द्र कार्कीले जानकारी दिए ।

‘सरकारले खुला गरेपछि मलेसिया जाने नेपाली कामदारलाई केही राहत मिलेको छ’, उनले भने । सरकारले गत जेठदेखि मलेसिया जाने कामदारलाई श्रम स्वीकृति दिन रोक लगाए पनि कामदार भने जान नछाडेको उनी बताउँछन् । मलेसियाबाट सात हजार ५०० ले कलिङ भिसा पाइसकेका छन् । भिसा पाएका सम्पूर्ण कामदारलाई नियमित रुपमा श्रम स्वीकृति दिइने बताइएको छ । –रासस


सम्बन्धित शीर्षकहरु

कहिले कृषी मन्त्रालयमा बजेट छैन भन्ने कहिले निगुरोलाई किसानले मल हालेर अभाव भएको बयान दिने कृषी मन्त्री को बयान ले…

विषाक्त रक्सीको सेवनबाट कुवेत का विभिन्न अस्पतालहरूमा भर्ना भएका ६३ जना मध्ये १३ जनाको मृत्यु भईसकेको छ । देशभरका सुरक्षा…

तितोपाटी -  पाल्पामा सहकारी संस्थाकाे रकम हिनामिना गरेकाे आराेपमा रम्भा गाँउपालिकामा मुख्य कार्यालय रहेको  लालीगुँरास वचत तथा ऋण सहकारी संस्थाका…

प्रतिकृयाहरू
...