Sunday 1st March 2026

साप्ताहिक राशिफल(चैत २९ गते देखि बैशाख ५ गते सम्म)


फलित ज्योतिष – रामप्रसाद सिटाैला

मेष

साझेदारीमा थालिएको कार्यले फाइदा पुर्‍याउँदै अन्य अवसरका ढोका खोल्नेछ । रोजगारी तथा पदोन्नति प्राप्त गर्न कडा मेहनत गर्नुपर्ला । ठूला लगानीका व्यवसायबाट प्रशस्त मुनाफा हात लाग्नेछ । प्रेमिकासँगको खटपटमा मौन रहनु नै उपयुक्त हुन्छ । पूर्वको यात्रा लाभदायक रहला ।

वृष

बाल्यकालका मित्रलाई मुनाफा हात लाग्ने व्यवसायमा संलग्न गराइनेछ । सामाजिक जिम्मेवारीको कार्य उत्कृष्ट सावित होला । अभिभावकहरू तपाईंको कामबाट हर्षले गद्गद् हुनेछन् । सवारी साधन खरिद गर्ने अवसर जुट्नेछ । सेतो रंगको प्रयोगबाट थप उपलब्धि हात पर्न सक्छ ।

मिथुन

रोजगारीको अवसर प्राप्त हुनेछ । साता उत्साहप्रद छ । मनोरञ्जनमा समय बित्नेछ । प्रेमिकाले नौलो उपहार प्रदान गर्न सक्छिन् । योजनाबिना साथीसँग नयाँ स्थानको भ्रमण गर्न सकिनेछ । मिष्ठान्न भोजन गर्न पाइनेछ ।सवारी साधन खरिद गर्न पारिवारिक मत मिल्नेछ ।

कर्कट

मन मिल्ने साथीसँग यात्रा गर्दा फजुल खर्चले सताउनेछ । टाढा रहेका साथीको सुझाव अनुसरण गर्दा गतिलो अवसर हात लाग्नेछ । नौला स्थानको भ्रमणमा प्रशस्त मनोरञ्जन गर्न पाइनेछ । विपरित लिङ्गी साथीलाई वचन दिँदा संयम अपनाउनुहोला । सामाजिक कार्यहरूमा सहभागिताको अवसर जुर्नेछ ।

सिंह

पूर्वको यात्रा गर्ने अवसर जुर्नेछ । कार्य व्यस्तताका कारण घरपरिवारमा खटपट उत्पन्न हुन सक्छ, जसलाई निर्मूल गर्न घरपरिवारमा समय खर्चिनुपर्ने हुन्छ । मन पराउने तथा प्रेम प्रस्ताव राख्नेहरूसँग सचेत रहनुमै आफ्नो भलो छ । मंगलबारपछिका दिनमा पूण्य आर्जनको कार्यमा सरिक भइनेछ । जुस तथा पहेंला फलफूलको सेवनमा विशेष जोड दिनुहोला ।

कन्या

मौसमी फेरबदलबाट आइलाग्ने अस्वस्थतामा समय बित्नेछ । केही समययता देखिएको प्रेमिकासँगको खल्लोपन मेटिनेछ । भित्रभित्रै चियोचर्चा गर्नेहरूसँग सावधान रहनुहोला । व्यवसाय फस्टाउन नसक्दा थप लगानीले पिरोल्न सक्छ । साताको अन्त्यमा रोजगारीको अवसर हात लाग्नेछ ।

तुला

रोकिएका कामको गाँठो फुक्ने सम्भावना छ । कुनै कार्य सम्पन्न गर्दा ढिलाइ नगर्नु होला । अधुरा चाहना पूरा गर्ने समय आएको छ । आर्थिक क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । साताको अन्त्यमा प्रेमी–प्रेमिकाले नयाँ प्रस्ताव राख्ने सम्भावना छ । सवारी साधन चलाउँदा संयम अपनाउनुपर्नेछ ।

वृश्चिक

नयाँ मित्रसँग मनोरञ्जक स्थानको भ्रमण गर्ने मौका जुट्न सक्छ । आवेशमा गरिएको कामले उल्टो परिणाम दिनेछ । सभा–सम्मेलन, तालिम आदिमा सहभागी हुने अवसर प्राप्त होला । विपरीत लिंगी साथी तपाईंप्रति आकर्षित भएको अवस्थाले उमंग सिर्जना गर्न सक्छ । पश्चिमतर्फको यात्रा लाभदायक हुनेछ ।

धनु

आफन्त तथा छरछिमेकीको मांगलिक कार्यमा उपस्थित हुँदा आफ्नो बहुमूल्य सरसामानप्रति विशेष निगरानी राख्नुहोला । परिस्थितिअनुरूप कम बोल्नुमै फाइदा छ । जटिल सामाजिक कार्य सम्पन्न गर्न तन, मन तथा धन सबै खर्च गर्नुपर्नेछ । सवारी चलाउँदा संयम अपनाउनुहोला ।

मकर

प्रतिस्पर्धामा उपलब्धि हासिल हुनेछ । विदेशको यात्रा तय हुने सम्भावना टरेको छैन । सहयोगीहरूले दिएको सुझावको उपेक्षा नगर्नुहोला । विलासिताका सामग्रीको खरिदमा पारिवारिक मत मिल्नेछ । भोज–भतेरमा संयमपूर्वक मनोरञ्जन गर्नुपर्नेछ । सप्ताहान्तमा रोजगारीको अवसर जुर्न सक्छ ।

कुम्भ

आफन्त तथा अभिभावकको सुझावले तपाईंलाई व्यवहारिक बन्न प्रेरणा दिनेछ । नयाँ क्षेत्रमा लगानी गर्नु फाइदाजनक हुनेछ । अरूलाई छिटो विश्वास गर्ने बानीले पछि परिनेछ । सभा–सम्मेलन तथा तालिममा सहभागी हुने वातावरण सिर्जना हुन सक्छ, जसमा आफ्नो प्रतिभाको कदर होला ।

मीन

पुरुषार्थले अप्ठ्यारा समस्या सुल्झाउँदै धन एवं प्रतिष्ठा दिलाउन सक्छ । प्रतिकूल परिस्थितिमा शुभचिन्तकहरू कमै हुनेछन् भने फाइदा उठाउनेहरू प्रशस्तै फेला पर्नेछन् । तत्काल समस्या देखिए पनि सोमबारदेखि प्रगतिको मार्ग पहिल्याउन सकिनेछ । काम देखाएर धेरैको प्रशंसा बटुल्न सकिनेछ । समाजसेवातर्फ आकर्षित भइनेछ ।


सम्बन्धित शीर्षकहरु

Donald Trumpले इरानका सर्वोच्च नेता Ali Khamenei मारिएको दाबी गरेका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक सन्देश जारी गर्दै ट्रम्पले खामेनीको मृत्यु…

गत वर्षको जूनमा इजरायलको नेतृत्वमा इरानविरुद्ध भएको १२ दिने युद्ध मध्यपूर्वीय सुरक्षा र शक्ति सन्तुलनको इतिहासमा एउटा महत्वपूर्ण मोड थियो।…

पासपोर्टहरू कस्का थिए ? काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिल्ली जाँदै गरेको अवस्थामा ४८ थान राहदानी (पासपोर्ट) बोकेर पक्राउ परेकी…

प्रतिकृयाहरू
...