Monday 13th April 2026

गुल्मीमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, अरू ८ घाइते


तितोपाटी-गुल्मीमा जीप दुर्घटना हुँदा पूर्वसांसद रुद्रमणि शर्मा भण्डारीसहित दुई जनाको मृत्यु भएको छ भने अरू ८ जना घाइते भएका छन् । लु १ ज १९५७ नम्बरको जीप बिहीबार बिहान मुसिकोट नगरपालिका १ च्यानडाँडामा दुर्घटना हुँदा ७२ वर्षीय भण्डारीको मृत्यु भएको प्रदेश नम्बर ५ का प्रहरी प्रमुख डीआईजी पिताम्बर अधिकारीले पुष्टि गरे ।

धुर्कोट गाउँपालिका वस्तु निवासी भण्डारी २०४८ सालमा गुल्मीको तत्कालीन क्षेत्रनम्बर ३ बाट नेपाली कांग्रेसबाट सांसद बनेका थिए । भण्डारी हाल नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थिए । दुर्घटनामा अर्का एक जना बालकको पनि मृत्यु भएको छ । मृत्यु हुनेमा मालिका गाउँपालिका वडा नम्बर १ निवासी ८ वर्षीय ओश्कर विक रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका हवल्दार देवीप्रसाद पौडेलले जानकारी दिए ।

जीप दर्लिनबाट बुटवल जाँदै थियो । जीपमा १० जना सवार थिए । दुर्घटनामा घाइते हुनेहरुमा मालिका गाउँपालिका वडा नम्बर २ बस्ने ३२ वर्षीय सुर्य थापा, सोहि वडाकै २६ वर्षीया कोशिला थापा, गाडी चालक ३६ वर्षीय कमल पुरी, ३ वर्षीया कृतिमा थापा, ५ वर्षीय जेनिस थापा, १८ वर्षीय नरेन्द्र श्रीस छन् । यसैगरी मुसिकोट नगरपालिका १ का ४० वर्षीय भोजबहादुर भट्टराई र ३८ वर्षीया रिमा भट्टराई पनि घाइते भएको जिल्ला ट्राफिक कार्यालय गुल्मीका प्रहरी सहायक निरीक्षक नारायण खनालले जानकारी दिए । घाइतेहरुलाई उपचार गर्न वामी टक्सार र गुल्मी अस्पताल तम्घासमा लगिएको छ । जीप सडकबाट करिव १ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । घटनास्थल बाग्लुङको सिमानामा पर्दछ ।


सम्बन्धित शीर्षकहरु

जन सम्पर्क समिति कुवेतका संरक्षक राजेन्द्र विरहीले एक नेपाली महिला श्रमिकलाइ स्वदेश फर्कन सहयोग गरेका छन् । नेपाली कांग्रेस महासमिति…

खोटाङ कुवेत सम्पर्क मञ्चको पूर्व निर्धारित दोश्रो सांगीतिक कार्यक्रम स्थगित भएको छ । खोटाङ कुवेत सम्पर्क मञ्च कुवेतले अागामी मिती…

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

प्रतिकृयाहरू
...