Monday 12th January 2026

२५ हजार घुससहित पक्राउ परेका अधिकृतलाई राष्ट्रपतिले विभूषण दिँदै


तीतोपाटी- ३ असोजमा संविधान दिवसका अवसरमा घोषणा गरिएका विभूषण १ वैशाखमा राष्ट्रपतिको हातबाट वितरण हुँदै छ। तर, विभूषण पाउने सूचीमा घुससहित पक्राउ परेका कर्मचारीसमेत छन्।

जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रशासकीय अधिकृत कैलाश मातक्षे श्रेष्ठ २ फागुनमा २५ हजार रुपैयाँ घुससहित पक्राउ परेका थिए। उनी गृहमन्त्रालयले दिने प्रबल जनसेवाश्री विभूषण पाउने सूचीमा छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनी विरुद्ध मुद्दा समेत दायर गरिसकेको छ। लेनदेन मुद्दा मिलाई दिने भन्दै उनले घुस लिएका थिए। हजारौँ अधिकृतमध्ये उनी उत्कृष्ठ भन्दै गृह मन्त्रालयले उनलाई छनौट गरेको थियो। यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।


सम्बन्धित शीर्षकहरु

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

प्रतिकृयाहरू
...