Friday 22nd August 2025

इरान भरि बाढीको प्रकोप, ७० भन्दा बढीको मृत्यु, अति प्रभावित क्षत्र खाली गरिंदै


तितोपाटी – ३ हप्तादेखि बाढीग्रस्त इरानमा शनिवार पनि ठूलो वर्षा हुने पूर्वानुमान गरिएपछि त्यहाँका नगर र गाउँहरूबाट मानिसहरूलाई अन्यत्र सारिँदैछ। मुख्य नदीको बाँधमा त्यसको क्षमता जति पानी भरिने भएपछि अधिकारीहरूले पानीको निकास दिने योजना बनाइराख्दा देशको दक्षिणपश्चिम प्रान्तहरूमा असर गर्ने देखिएको वीवीसीले जनाएको छ ।

उक्त क्षेत्रबाट महिला र बालबालिकालाई सुरक्षित स्थानतिर सारिँदै छ भने पुरुषहरूलाई उद्धार तथा राहतको काममा सहयोग गर्न तिनै क्षेत्रमा बस्न भनिएको छ। केही सातादेखि भएको वर्षामा देशका केही भागहरू जलमग्न भएका छन्। हालसम्म मृत्यु हुनेको सङ्ख्या हालसम्म ७० पुगेको छ।

पचास हजार जनसङ्ख्या भएको सुसानगर्डजस्ता नगरहरू बाढीको जोखिममा छन्। त्यहाँबाहेक खुजेस्तान प्रान्तका अन्य पाँच समुदायबाट पनि मानिसहरूलाई अन्यत्र सारिँदैछ। गत साता यो प्रान्तबाट करिब ७० गाउँहरू खाली गरिसकिएको छ। यो क्षेत्र तेलका लागि धनी छ र यहाँ रहेका ऊर्जा कम्पनीहरूले पम्प प्रयोग गरेर पानी हटाउँदै राहतमा सघाइरहेका छन्।

मार्च १९ मा सुरु भएको वर्षाका कारण इरानका झन्डै १९ सय नगर, सहर र गाउँहरूलाई प्रभावित भएका छन्। हजारौँ सडक, पुल र भवनहरू क्षतिग्रस्त भएका वा भत्किएका छन्।


सम्बन्धित शीर्षकहरु

तोयानाथ उपेक्षित, / नेपालको सहकारी ऐन प्रष्ट छ — ऋणी त्यही व्यक्ति वा संस्था हो जसले सहकारीबाट कर्जा माग्छ, कर्जा…

अगस्ट २०२५ – ईजरायलमा हालै तीव्र बनेको सैन्य मस्यौदा (मिलिटरी ड्राफ्ट) विवादका कारण हारेदी अर्थात् अति अर्थोडक्स यहुदी समुदाय सडकमा…

बेरुत: संयुक्त राष्ट्र सुरक्षा परिषद्ले आफ्नो मिसन विस्तार गर्ने बारेमा बहस सुरु गरेपछि लेबनानी राष्ट्रपति जोसेफ आउनले मंगलबार देशको दक्षिणमा…

प्रतिकृयाहरू
...