Tuesday 10th March 2026

सर्लाहीमा चल्यो बारा र पर्साको जस्तै हावाहुरी, एक जनाको मृत्यु


तीतोपाटी-सर्लाहीमा शनिबार दिउँसो आएको हावाहुरीमा परि एक जनाको मृत्यु भएको छ । हावाहुरीबाट रामनगर गाउँपालिका–१ का ४५ वर्षीय पनिलाल सहनीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

हावाहुरीले स्थानीय राजाराम चौधरीको खाजा पसलको बाँसको टाटी र फुसले छाएको छानो उडाएर थिच्दा सहनी गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि सदरमुकाम मलंगवा लैजाँदै गर्दा मृत्यु भएको छ ।

जिल्लाको दक्षिण–पश्चिम क्षेत्रमा शनिबार दिउँसो हावाहुरी चलेको प्रहरीले जानकारी दिएको छ । हावाहुरीका कारण स्थानीयहरुको घरको छाना उडाएको तथा केही घरहरुमा क्षति पुगेको छ ।


सम्बन्धित शीर्षकहरु

कुवेतमा रहेको सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि राजधानीको वित्तीय क्षेत्रमा ठूलो असर परेको छ। इरानी ड्रोन आक्रमण भएको भनिएको घटनापछि…

इरानका राष्ट्रपति Masoud Pezeshkian ले शनिबार आफ्नो देशले कुनै पनि हालतमा आत्मसमर्पण नगर्ने बताएका छन्। इजरायलसँग जारी आक्रमण–प्रतिआक्रमणका बीच उनले…

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी मार्च १४ देखि १६ सम्म काठमाडौँमा हुने १२औँ विश्व महाधिवेशन तथा नयाँ नेतृत्व चयनका…

प्रतिकृयाहरू
...