Saturday 8th November 2025

सर्लाहीमा चल्यो बारा र पर्साको जस्तै हावाहुरी, एक जनाको मृत्यु


तीतोपाटी-सर्लाहीमा शनिबार दिउँसो आएको हावाहुरीमा परि एक जनाको मृत्यु भएको छ । हावाहुरीबाट रामनगर गाउँपालिका–१ का ४५ वर्षीय पनिलाल सहनीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

हावाहुरीले स्थानीय राजाराम चौधरीको खाजा पसलको बाँसको टाटी र फुसले छाएको छानो उडाएर थिच्दा सहनी गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि सदरमुकाम मलंगवा लैजाँदै गर्दा मृत्यु भएको छ ।

जिल्लाको दक्षिण–पश्चिम क्षेत्रमा शनिबार दिउँसो हावाहुरी चलेको प्रहरीले जानकारी दिएको छ । हावाहुरीका कारण स्थानीयहरुको घरको छाना उडाएको तथा केही घरहरुमा क्षति पुगेको छ ।


सम्बन्धित शीर्षकहरु

लुलु समूहले आगामी बेआउट प्लस मल भित्र नयाँ हाइपरमार्केट खोल्न बेआउट होल्डिङसँग रणनीतिक साझेदारीको घोषणा गरेको छ, जसले अल मुतला…

कुवेत एयरवेजले कार्गो र विभिन्न व्यापार आदानप्रदान सेवाहरू बढाउन लुलु हाइपरमार्केट कुवेतसँग संयुक्त सहयोग प्रोटोकलमा हस्ताक्षर गरेको छ। अल-फगान: लुलु…

न्यूयोर्क शहरको मेयरमा जोहरान ममदानीको चुनावी जितको उत्सव मनाउन भारतीयहरूले बुधबार सामाजिक सञ्जालमा उज्यालो छाए, उनले आफ्ना भारतीय मूलका आमाबाबुलाई…

प्रतिकृयाहरू
...