Friday 7th November 2025

८ कक्षामा पढ्ने छात्रालाइ परिक्षामा पहिलो बनाइदिन्छु भन्दै याैन दुर्व्यवहार


तितोपाटी – पाँचथरको हिलिहाङ गाउँपालिकामा कार्यरत सप्तरीको शम्भुनाथ गाउँपालिका घर भएका एक शिक्षकलाई छात्रालाई यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

१३ वर्षीया छात्रालाई ललाइफकाइ यौन दुर्व्यवहार गरेको आरोप उनीमाथि लागेको छ। कक्षा ८ मा अध्ययनरत किशोरीमाथि पाँचथर हिलिहाङ गाउँपालिकामा कार्यरत सप्तरी शम्भुनाथ घर भएका शिक्षक उपेन्द्र चौधरीले मंगलबार यौन दुव्र्यवहार गरेको आरोप प्रहरीको छ।

चौधरी विज्ञान विषयका शिक्षक भएका बताइएकाे छ। उनले बालिका घरमा एक्लै भएको मौका छोपेर किशोरीमाथि जबर्जस्ती गर्न खोजेको पीडितले बयान दिएकी छन्।

बालिकालाई परीक्षामा प्रथम बनाइदिने प्रलोभन शिक्षकले देखाएका किशोरीका आफन्तले आरोप लगाएका छन्। किशोरीका आफन्तले प्रहरीमा उजुरी दिएपछि मंगलबार शिक्षक चौधरीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। चौधरीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


सम्बन्धित शीर्षकहरु

लुलु समूहले आगामी बेआउट प्लस मल भित्र नयाँ हाइपरमार्केट खोल्न बेआउट होल्डिङसँग रणनीतिक साझेदारीको घोषणा गरेको छ, जसले अल मुतला…

कुवेत एयरवेजले कार्गो र विभिन्न व्यापार आदानप्रदान सेवाहरू बढाउन लुलु हाइपरमार्केट कुवेतसँग संयुक्त सहयोग प्रोटोकलमा हस्ताक्षर गरेको छ। अल-फगान: लुलु…

न्यूयोर्क शहरको मेयरमा जोहरान ममदानीको चुनावी जितको उत्सव मनाउन भारतीयहरूले बुधबार सामाजिक सञ्जालमा उज्यालो छाए, उनले आफ्ना भारतीय मूलका आमाबाबुलाई…

प्रतिकृयाहरू
...