Sunday 15th March 2026

बारा र पर्सामा आँधीबाट ३५ जनाको मृत्यु, सहयोगको लागि प्रदेश सरकारको अपिल, प्रधानमन्त्री प्रभावित क्षेत्रमा पुग्दै


तितोपाटी – प्रदेश नं २ सरकारले बारा र पर्सा जिल्लामा हावा हुरी र आँधीबाट ३५ जनाको मृत्यु भएको पुष्टी गरेको छ । आइतबार राति आएको हावाहुरीबाट ५०० भन्दा बढी घाइते भएका छन्। आँधी प्रभावित घाइतेहरुको उद्धारमा सुरक्षाकर्मी र स्थानीयहरु अहिले खटिइरहेका छन् भने निजि क्षेत्रका अस्पतालहरूबाट चिकित्सकको टोली पनि हेलिकोप्टर सहित उद्दारमा जुटेका छन् ।

प्रदेश सरकारले मृतकका परिवारलाइ ३ लाख रूपैयाँ दिने तथा घाइतेहरूको उपचार खर्च पनि व्यहोर्ने निर्णय गर्दै आँधी-हुरी पीडितलाई सहयोग गर्न सबैमा अपिल गरेको छ भने आँधी हुरीले बारा, पर्सालगायतका जिल्लामा जनधनको धेरै क्षति भएको खवरपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राहत र उद्दारमा सबैलाइ जुट्न अाह्वान गर्दै गृह जिल्ला झापाका सबै कार्यक्रम स्थगित गरेर प्रभावित जिल्ला जाने भएका छन् । रातको समयमा आएको आँधी हुरीले बाराका अधिकांश घरका छाना उडाइदिएको छ । घरको छाना र कतिपय घरै भत्किएपछि अन्न लत्ता कपडाकाे अभावमा बृद्ध – बृद्धा बालबच्चाहरुको बिचल्ली भएको छ ।

यसै विच सभामुख कृष्ण बहादुर महराले उद्दारलाइ प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् भने आँधी प्रभावित क्षेत्रमा उद्दारमा जुट्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, राप्रपाका अध्यक्ष कमल थापा लगायतले अाफ्ना कार्यकर्तालाइ निर्देशन दिएका छन् भने सत्तारूढ दलका विद्यार्थी संगठनहरू राहत उद्दारमा परिचालित भैसकेका छन् ।


सम्बन्धित शीर्षकहरु

काठमाडौं — Non-Resident Nepali Association (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा महाधिवेशनमा ४ हजार २८६ प्रतिनिधि सहभागी हुने भएका छन्।…

गैरआवासीय नेपाली संघको यही मार्च १४–१६, २०२६ मा सम्पन्न हुन गइरहेको १२औँ एकता अन्तर्राष्ट्रिय महाधिवेशनमा कुवेतबाट मध्यपूर्व संयोजक पदका लागि…

इजरायली सेनाले लेबनानको लिटानी नदीमाथिको जरारीह पुलमा प्रहार गरेको बताएको छ किनभने यो हिज्बुल्लाहले प्रयोग गर्ने प्रमुख क्रसिङ थियो, यसले…

प्रतिकृयाहरू
...