Saturday 23rd August 2025

बारामा एसईई परीक्षार्थी र प्रहरीबीच झडप, स्थिति तनावग्रस्त बन्दै


तीतोपाटी-बाराको जीतपुरसिमरा उपमहानगरपालिका ७ जीतपुरमा एसईई परीक्षा दिने विद्यार्थी र प्रहरीबीच झडप भएको छ । झडपमा प्रहरी जवान निरु श्रेष्ठ र केही विद्यार्थीहरु घाइते भएका छन् ।

विद्यार्थीहरुले केही सवारी साधनमा आगजनी र तोडफोड गरेका छन् । विद्यार्थीहरुले प्रहरीको गाडीमा ना १ झ ७१२ आगजनी गरेका छन् ।

परीक्षा स्थगित भएको विरोधमा विद्यार्थीले वीरगञ्ज(पथलैया सडक अवरुद्ध गर्न थालेपछि प्रहरीले लाठीचार्ज गरेको थियो । स्थिति तनावपूर्ण बनेपछि प्रहरीले केही थान अश्रु ग्यास प्रहार गरेको छ । विद्यार्थीहरुको प्रदर्शनका कारण बिहान ७ बजेदेखि नै राजमार्ग अवरुद्ध छ ।

विद्यार्थीहरुको भिड नियन्त्रणको प्रयास भइरहेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक सुबास हमाल ठकुरीले जानकारी दिए ।

घटनाबारे जानकारी लिन बाराका प्रहरी उपरीक्षक सानुराम भट्टराईसँग सम्पर्क गर्दा उनले पत्रकारसँग कुरा गर्ने फुर्सद नभएको प्रतिक्रिया दिए । ‘पत्रकारसँग कुरा गर्ने फुर्सद छैन, अप्रेसनमा छु,’ उनले भने ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्तासमेत रहेका डिएसपी रञ्जित सिंह राठौर भने तालिमका लागि केही दिनदेखि काठमाडौंमा छन् ।


सम्बन्धित शीर्षकहरु

तोयानाथ उपेक्षित, / नेपालको सहकारी ऐन प्रष्ट छ — ऋणी त्यही व्यक्ति वा संस्था हो जसले सहकारीबाट कर्जा माग्छ, कर्जा…

अगस्ट २०२५ – ईजरायलमा हालै तीव्र बनेको सैन्य मस्यौदा (मिलिटरी ड्राफ्ट) विवादका कारण हारेदी अर्थात् अति अर्थोडक्स यहुदी समुदाय सडकमा…

बेरुत: संयुक्त राष्ट्र सुरक्षा परिषद्ले आफ्नो मिसन विस्तार गर्ने बारेमा बहस सुरु गरेपछि लेबनानी राष्ट्रपति जोसेफ आउनले मंगलबार देशको दक्षिणमा…

प्रतिकृयाहरू
...