Monday 13th April 2026

बारामा एसईई परीक्षार्थी र प्रहरीबीच झडप, स्थिति तनावग्रस्त बन्दै


तीतोपाटी-बाराको जीतपुरसिमरा उपमहानगरपालिका ७ जीतपुरमा एसईई परीक्षा दिने विद्यार्थी र प्रहरीबीच झडप भएको छ । झडपमा प्रहरी जवान निरु श्रेष्ठ र केही विद्यार्थीहरु घाइते भएका छन् ।

विद्यार्थीहरुले केही सवारी साधनमा आगजनी र तोडफोड गरेका छन् । विद्यार्थीहरुले प्रहरीको गाडीमा ना १ झ ७१२ आगजनी गरेका छन् ।

परीक्षा स्थगित भएको विरोधमा विद्यार्थीले वीरगञ्ज(पथलैया सडक अवरुद्ध गर्न थालेपछि प्रहरीले लाठीचार्ज गरेको थियो । स्थिति तनावपूर्ण बनेपछि प्रहरीले केही थान अश्रु ग्यास प्रहार गरेको छ । विद्यार्थीहरुको प्रदर्शनका कारण बिहान ७ बजेदेखि नै राजमार्ग अवरुद्ध छ ।

विद्यार्थीहरुको भिड नियन्त्रणको प्रयास भइरहेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक सुबास हमाल ठकुरीले जानकारी दिए ।

घटनाबारे जानकारी लिन बाराका प्रहरी उपरीक्षक सानुराम भट्टराईसँग सम्पर्क गर्दा उनले पत्रकारसँग कुरा गर्ने फुर्सद नभएको प्रतिक्रिया दिए । ‘पत्रकारसँग कुरा गर्ने फुर्सद छैन, अप्रेसनमा छु,’ उनले भने ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्तासमेत रहेका डिएसपी रञ्जित सिंह राठौर भने तालिमका लागि केही दिनदेखि काठमाडौंमा छन् ।


सम्बन्धित शीर्षकहरु

जन सम्पर्क समिति कुवेतका संरक्षक राजेन्द्र विरहीले एक नेपाली महिला श्रमिकलाइ स्वदेश फर्कन सहयोग गरेका छन् । नेपाली कांग्रेस महासमिति…

खोटाङ कुवेत सम्पर्क मञ्चको पूर्व निर्धारित दोश्रो सांगीतिक कार्यक्रम स्थगित भएको छ । खोटाङ कुवेत सम्पर्क मञ्च कुवेतले अागामी मिती…

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

प्रतिकृयाहरू
...