Saturday 23rd August 2025

मोटरसाइकलसहित नदीमा भेटियो युवकको शव


तीतोपाटी-पर्साको कालिकामाई गाउँपालिका वडा नं. ३ हरिहरपुरमा गंगोल नदीमा एक युवकको शव फेला परेको छ । पोखरीया नगरपालिका वडा नं. १ वनकटवा घर भएका २० वर्षीय पवन पटेलको शव फेला परेको हो ।

गंगोल नदीमा युवकको शव र ना ३४ प ९००० नम्बरको मोटरसाइकल देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।  प्रारम्भिक अनुसन्धानका क्रममा राति मोटरसाइकलसहित नदीमा खसेको हुनसक्ने अनुमान प्रहरीको छ ।

नदीमा उनको शवसँगै मोटरसाइकल पनि फेला परेको इलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरीक्षक मच्छिन्द्र केसीले जानकारी दिए ।  ‘रातको समयमा एकान्त ठाउँ रहेछ, झण्डै १६ फिट गहिरो नदीमा खसेपछि उद्दार गर्ने कोही भएनन्,’ उनले भने ‘त्यसपछि उनको मृत्यु भएको हुन सक्छ ।’

शव पोष्टमार्टमका लागि नारायणी अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।

नवलपुरमा बसको ठक्करबाट एक जनाको मृत्यु

यसैबीच नवलपुरको कावासोती-१६ डण्डा भन्ने स्थानमा ना ५ ख २८१० नम्बरको बसले ना ३६ प ३६०० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । बिनयी त्रिवेणी गाउँपालिका- ३ घर भइ कावासोती नगरपालिका ८ बस्ने ३१ वर्षीय शेरबहादुर झेडीको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

सोही मोटरसाइकलमा सवार बौदीकाली घर भई कावासोती नगरपालिका ८ नै बस्ने २० वर्षीय अमृत बस्ताकोटी घाइते भएका छन । बस्ताकोटीको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बस र चालक प्रहरीको नियन्त्रणमा छन् ।


सम्बन्धित शीर्षकहरु

तोयानाथ उपेक्षित, / नेपालको सहकारी ऐन प्रष्ट छ — ऋणी त्यही व्यक्ति वा संस्था हो जसले सहकारीबाट कर्जा माग्छ, कर्जा…

अगस्ट २०२५ – ईजरायलमा हालै तीव्र बनेको सैन्य मस्यौदा (मिलिटरी ड्राफ्ट) विवादका कारण हारेदी अर्थात् अति अर्थोडक्स यहुदी समुदाय सडकमा…

बेरुत: संयुक्त राष्ट्र सुरक्षा परिषद्ले आफ्नो मिसन विस्तार गर्ने बारेमा बहस सुरु गरेपछि लेबनानी राष्ट्रपति जोसेफ आउनले मंगलबार देशको दक्षिणमा…

प्रतिकृयाहरू
...