Monday 13th April 2026

निर्मला हत्या प्रकरणः ६० भन्दा बढीको डीएनए परीक्षण


तीतोपाटी-कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्न भएको आशंकामा प्रहरीले ज-जसलाई समायो, सबै डीएनए नमिलेपछि छुटे ।

अनुसन्धानका क्रममा पक्राउ परेका दिलिप सिंह विष्टदेखि प्रदीप रावलसम्मले प्रहरीको दबाव वा स्वस्फर्त रुपमा अभियोग स्वीकार गरे । तर, उनीहरुको डीएनए म्याच भएन ।

कुनै पनि घटनामा डीएनएन नै सबै प्रमाण होइन । सर्वोच्च अदालतको फैसला यसको नजिर हो । तर, निर्मला प्रकरणमा प्रहरी सामू डीएनएन नै सबैथोक बनेको छ ।

पछिल्लो पटक प्रहरीले हत्यामा संलग्न भएको आशंकामा अछामबाट दुई जनालाई नियन्त्रणमा लिइएको छ । स्रोतकाअनुसार डीएनए परीक्षणका लागि उनीहरुलाई काठमाडौं ल्याउने तयारी छ । तर, डीएनए परीक्षण नगरेसम्म प्रहरी बोल्न तयार छैन ।

स्रोतका अनुसार पक्राउ परेका दुई व्यक्ति पन्तको हत्या भएको दिन कञ्चनपुर आसपास नै थिए । घटनापछि नदेखिएका उनीहरुको बयान शंकास्पद देखिएपछि नियन्त्रणमा लिइएको हो ।

६० बढीको डीएनए जाँच

प्रहरीले सुरुमा अभियुक्तका रुपमा सार्वजनिक गरेका दिलिप सिंह विष्ट डीएनए नमिलेकै कारण छुटे । जबकी, उनले प्रहरीलाई दिएको बयानमा हत्या अभियोग स्वीकार गरेका थिए ।

तत्कालिन कञ्चनपुर प्रहरी र अनुसन्धानका लागि काठमाडौंबाट गएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले प्रमाण नष्ट गरेको आरोपमा सरकारले प्रहरी अधिकारीमाथि कारबाही गरेको थियो । तत्कालिन प्रहरी प्रमुख डिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदिश भट्ट बर्खास्त नै भइसकेका छन् भने ब्युरोका डीएसपी अंगुर जिसी निलम्बित छन् ।


सम्बन्धित शीर्षकहरु

जन सम्पर्क समिति कुवेतका संरक्षक राजेन्द्र विरहीले एक नेपाली महिला श्रमिकलाइ स्वदेश फर्कन सहयोग गरेका छन् । नेपाली कांग्रेस महासमिति…

खोटाङ कुवेत सम्पर्क मञ्चको पूर्व निर्धारित दोश्रो सांगीतिक कार्यक्रम स्थगित भएको छ । खोटाङ कुवेत सम्पर्क मञ्च कुवेतले अागामी मिती…

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

प्रतिकृयाहरू
...