Sunday 8th March 2026

१७औं बमजन गोल्ड कपकाे पहिलो र क्वार्टर फाईनलका खेलहरु सम्पन्न (फाेटाे फिचर सहित)


तिताेपाटी – माउण्ट एभरेष्ट स्पोर्टिङ क्लवले हिजो कुवेतको फाहाहिलस्थित सुकशवा फुटबल मैदानमा सञ्चालन गरेको १७औं माउण्ट एभरेष्ट एम.बि. बमजन गोल्ड कप फुटबल टुर्नामेण्टको पहिलो र क्वार्टर फाईनल चरणका सबै खेलहरु एक सौहार्दपूर्ण बातावरणमा सम्पन्न भएका छन ।
१२ सशक्त नेपाली टिमहरुले सहभागीता जनाएको गोल्ड कपको १७औं संस्करण २२ र २९ मार्च मा खेलाएर सम्पन्न गर्ने क्लवले लक्ष राखेको छ । कार्यक्रममा नेपाली राजदुतावास कुवेतका का.वा. राजदूत प्रकाश मणी पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न खेलहरुमा क्लब अध्यक्ष इन्द्र प्रसाद पोखरेलको सभापतित्व, दुतावासका श्रम-सहचारी ज्ञानेन्द्र शर्मा, क्लवका बरिष्ट सल्लाहाकार तथा गोल्ड कपका संस्थापक राजेन्द्र तामाङ, श्रीमती गीता तामाङ, गोल्ड कपका प्रायोजक अमान एक्सचेन्जका प्रतिनिधी, जनजाती महासँघ कुवेतका अध्यक्ष अमृत तामाङ, एनसिसी कुवेतका अध्यक्ष सुमित्रा पौडेल र क्लवका बरिष्ट सल्लाहाकार मित्र सिंजाली मगरको बिशेष आतिथ्यता रहेको थियो भने कुवेतमा कृयाशिल विभिन्न संघ-संस्थाका पदाधिकारी, बुद्दिजिवि, पत्रकार, खेलाडी, भद्र-भलाद्मीहरूको आतिथ्यता तथा बाक्लो उपस्थिती रहेको थियो ।

बिहान १० बजेबाट खेलिएको खेलको उद्घाटन कुवेतका गोलड कपका निर्माता तथा क्लवका बरिष्ट सल्लाहाकार राजेन्द्र तामाङ र का.वा राजदुत प्रकाश मणी पौडेलले एक अर्कालाई गोल पास गर्दै गरिएको थियो । खेल रात्री १०.३० बजेसम्म निरन्तर रुपमा चलेको थियो ।कार्यक्रममा कावा राजदुत प्रकाश मणी पौडेल, गोल्डकप संस्थापक राजेन्द्र तामाङ, एनसिसी अध्यक्ष सुमित्रा पौडेल, जनजाती महासँघका अध्यक्ष अमृत तामाङले शुभकामना मन्तव्य दिएका थिए ।
हिजो भएका खेलका नतिजाहरु निम्नअनुसार रहेका छन;

पहिलो खेल: पुर्वेली टाईगर V/s के.जी.एल
बिजेता: पुर्बेली टाइेगर
स्कोर: २ – ०

दोश्रो खेल: मेची महाकाली V/s सुनुवार सेवा समाज कुबेत
बिजेता : मेची महाकाली
स्कोर :३ – २

तेश्रो खेल: प्रवासी टयाक्सी रातो V/s मोना कुवेत

बिजेत :प्रवासी टयाक्सी
स्कोर :२ – ०
चौंथो खेल: किरात राई यायोक्खा V/s युनिक नेपाल
बिजेता: युनिक नेपाल
स्कोर: १ – ०

पाँचौं खेल: GFC V/S प्रवासी टयाक्सी निलो
बिजेता: GFC
स्कोर: ४ – १

छैटौं खेल: न्यु परदेशी FC V/s सरोकार समाज
बिजेता: सरोकार समाज कुबेत
स्कोर: २ – ०

सातौं खेल (क्वार्टर फाईनल पहिलो): पुर्वेली टाईगर V/s प्रवासी टयाक्सी रातो
बिजेता: पुर्बेली टाइेगर
स्कोर: ५ – २

आठौं खेल (क्वार्टर फाईनल दोश्रो): मेचीमहाकली V/s युनिक नेपाल
बिजेता: युनिक नेपाल
स्कोर :२ – ०

रेफ्री,लाईन्स मेनहरु: डम्बर मोक्तान, शिव कुमार लिङदेन, बाबु मगर, निसान देव कोइराला, सविना केरुङ, दिपक लिम्बु

यसैगरी, १७औं बमजम गोल्ड कपमा स्वयंसेवक तथा सुरक्षाको पूर्ण जिम्मेवारी नेपाल कुवेत सरोकार समाजले लिएको छ । सरोकार समाज कुवेतका अध्यक्ष राम बहादुर तामाङको नेतृत्वमा खटिएको सुरक्षा टोलिले खेलमा कुनै किसिमको असहज परिस्थिती उत्पन्न हुन नदिन बिहानदेखी रात्री १० बजेसम्म ग्राउण्डमा खटिएर क्लवलाई गुन लगाएको छ छ ।

यसैगरी, खेललाई थप मनोरंजन दिन नेपालको राष्ट्रिय टिम कुवेतमा मैत्रीपूर्ण फुटबल खेल खेल्न आउनु भएका नेपाली राष्ट्रिय टिमको पनि आतिथ्यता रहेको थियो भने क्लवले सम्पूर्ण खेलाडी लगायत टिम कोच, टिम म्यानेजर, क्याप्टेन लागायतलाई खादा ओढाएर स्वागत तथा सम्मान गरेको थियो । सो अवसरमा नेपाली टिमका टिम म्यानेजर तथा एन्फाका अध्यक्ष दावा लामाले मन्तव्य दिंदै माउण्ट एभरेष्ट स्पोर्टिङ क्लव नेपालअको खेलकुत मन्त्रालयमा दर्ता भएको र कुवेतमा २० बर्ष लामो ईतिहास बोकेको क्लब भन्ने अवगत हुँदा खुशी लागेको र क्लवलाई एन्फाबाट कस्तो किसिमको सहयोग र सहकार्य आफुहरुबाट हुनुसक्छ सो को लागि आफुले सम्बन्धित निकायमा संपर्क गरेर अगाडि बढ्ने बताउनु भएको छ ।

क्लवका पुर्व उपाध्यक्ष अर्जुन भुषालको सञ्चालन र पुर्व अध्यक्ष तथा १७औं गोल्ड कप संयोजक जय आलेको स्वागत मन्तव्यबाट मुर्तरुप लिएको टुर्नामेण्टमा अफिसियल डेस्कको पूर्ण जिम्मेवारी मगर सँघ कुवेतका दित्तिय उपाध्यक्ष तथा मेचीकाली बचत कोषका अध्यक्ष बसन्त थापा मगरले लिएका छन भने ग्राउण्ड लगायतका अन्य व्यवस्थापन जिम्मेवेरी क्लबका खेलकुद बिभाग प्रमुख मोहन राइ, उपाध्यक्ष आन्द श्रेष्ठ, बरिष्त सदस्य जगत मगर, सचिव डम्बर रिमाल, सह-सचिव सिरेश गुरुङ लगायतले लिएका थिए भने किचेनको सम्पूर्ण जिम्मेवारी क्लवका बरिष्ट सदस्य शिवराम पौडेल र अन्य सदस्यहरुले लिएका छन । १७ औं बमजन गोल्ड कपलाई अमान एक्सचेन्ज कुवेत र हिमाल रेमिटले प्रायोजन गरेका छन भने नेपाली समाज कुवेतका केही दानबिर महानुभावहरुले क्लवलाई सहयोग गर्नु भएको छ । जसमा:

१, NRNA कुवेतकी अध्यक्ष – सुमित्रा पौडेल – २१ केडी
२, मोरङ सुनसरी सेवा समाज कुवेत – अध्यक्ष अरुण लिम्बु – २१ केडी
३, समाजसेबी – होमनाथ गिरी १५ केडी
४, एनआरएनए सदस्य – गीता गुरुङ – ११ केडी
५, एनआरएनए उपाध्यक्ष – अमृत गुरुङ – १० केडी

आगामी २९ मार्च शुक्रबारका दिन, सेमीफाईन र फाईनल खेल बिहानको ठिक ८.०० बजे सोही फुटबल मैदानमा हुनेछ भने सेमिफाईनलको पहिलो खेल पुर्बेली टाइेगरको बिरुद्द GFC र युनिक नेपालको बिरुद्द सरोकार समाज खेल्ने छन । उक्त फाईनल खेल हेर्न पनि आयोजक माउण्ट एभरेष्ट स्पोर्टिङ् क्लवल, काठमाण्डौ-कुवेतले सबै कुवेतवासी नेपालीहरुलाई अनुरोध गरेको छ ।


सम्बन्धित शीर्षकहरु

तेहरान: इरानका मारिएका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीलाई पवित्र शहर मशहदमा गाडिनेछ, फार्स समाचार एजेन्सीले मंगलबार जनाएको छ।   ३६…

एजेन्सि-अमेरिकी रक्षा मन्त्री **Pete Hegseth**ले इरानमाथि गरिएको आक्रमण “शासन परिवर्तनका लागि नभएको” स्पष्ट पारेका छन्। पेन्टागनमा दिएको सम्बोधनमा उनले भने,…

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

प्रतिकृयाहरू
...