

बिहान १० बजेबाट खेलिएको खेलको उद्घाटन कुवेतका गोलड कपका निर्माता तथा क्लवका बरिष्ट सल्लाहाकार राजेन्द्र तामाङ र का.वा राजदुत प्रकाश मणी पौडेलले एक अर्कालाई गोल पास गर्दै गरिएको थियो । खेल रात्री १०.३० बजेसम्म निरन्तर रुपमा चलेको थियो ।कार्यक्रममा कावा राजदुत प्रकाश मणी पौडेल, गोल्डकप संस्थापक राजेन्द्र तामाङ, एनसिसी अध्यक्ष सुमित्रा पौडेल, जनजाती महासँघका अध्यक्ष अमृत तामाङले शुभकामना मन्तव्य दिएका थिए ।

पहिलो खेल: पुर्वेली टाईगर V/s के.जी.एल
बिजेता: पुर्बेली टाइेगर
स्कोर: २ – ०
दोश्रो खेल: मेची महाकाली V/s सुनुवार सेवा समाज कुबेत
बिजेता : मेची महाकाली
स्कोर :३ – २
तेश्रो खेल: प्रवासी टयाक्सी रातो V/s मोना कुवेत
स्कोर :२ – ०चौंथो खेल: किरात राई यायोक्खा V/s युनिक नेपाल
बिजेता: युनिक नेपाल
स्कोर: १ – ०
पाँचौं खेल: GFC V/S प्रवासी टयाक्सी निलो
बिजेता: GFC
स्कोर: ४ – १
छैटौं खेल: न्यु परदेशी FC V/s सरोकार समाज
बिजेता: सरोकार समाज कुबेत
स्कोर: २ – ०
सातौं खेल (क्वार्टर फाईनल पहिलो): पुर्वेली टाईगर V/s प्रवासी टयाक्सी रातो
बिजेता: पुर्बेली टाइेगर
स्कोर: ५ – २
आठौं खेल (क्वार्टर फाईनल दोश्रो): मेचीमहाकली V/s युनिक नेपाल
बिजेता: युनिक नेपाल
स्कोर :२ – ०
रेफ्री,लाईन्स मेनहरु: डम्बर मोक्तान, शिव कुमार लिङदेन, बाबु मगर, निसान देव कोइराला, सविना केरुङ, दिपक लिम्बु
यसैगरी, १७औं बमजम गोल्ड कपमा स्वयंसेवक तथा सुरक्षाको पूर्ण जिम्मेवारी नेपाल कुवेत सरोकार समाजले लिएको छ । सरोकार समाज कुवेतका अध्यक्ष राम बहादुर तामाङको नेतृत्वमा खटिएको सुरक्षा टोलिले खेलमा कुनै किसिमको असहज परिस्थिती उत्पन्न हुन नदिन बिहानदेखी रात्री १० बजेसम्म ग्राउण्डमा खटिएर क्लवलाई गुन लगाएको छ छ ।
यसैगरी, खेललाई थप मनोरंजन दिन नेपालको राष्ट्रिय टिम कुवेतमा मैत्रीपूर्ण फुटबल खेल खेल्न आउनु भएका नेपाली राष्ट्रिय टिमको पनि आतिथ्यता रहेको थियो भने क्लवले सम्पूर्ण खेलाडी लगायत टिम कोच, टिम म्यानेजर, क्याप्टेन लागायतलाई खादा ओढाएर स्वागत तथा सम्मान गरेको थियो । सो अवसरमा नेपाली टिमका टिम म्यानेजर तथा एन्फाका अध्यक्ष दावा लामाले मन्तव्य दिंदै माउण्ट एभरेष्ट स्पोर्टिङ क्लव नेपालअको खेलकुत मन्त्रालयमा दर्ता भएको र कुवेतमा २० बर्ष लामो ईतिहास बोकेको क्लब भन्ने अवगत हुँदा खुशी लागेको र क्लवलाई एन्फाबाट कस्तो किसिमको सहयोग र सहकार्य आफुहरुबाट हुनुसक्छ सो को लागि आफुले सम्बन्धित निकायमा संपर्क गरेर अगाडि बढ्ने बताउनु भएको छ ।
क्लवका पुर्व उपाध्यक्ष अर्जुन भुषालको सञ्चालन र पुर्व अध्यक्ष तथा १७औं गोल्ड कप संयोजक जय आलेको स्वागत मन्तव्यबाट मुर्तरुप लिएको टुर्नामेण्टमा अफिसियल डेस्कको पूर्ण जिम्मेवारी मगर सँघ कुवेतका दित्तिय उपाध्यक्ष तथा मेचीकाली बचत कोषका अध्यक्ष बसन्त थापा मगरले लिएका छन भने ग्राउण्ड लगायतका अन्य व्यवस्थापन जिम्मेवेरी क्लबका खेलकुद बिभाग प्रमुख मोहन राइ, उपाध्यक्ष आन्द श्रेष्ठ, बरिष्त सदस्य जगत मगर, सचिव डम्बर रिमाल, सह-सचिव सिरेश गुरुङ लगायतले लिएका थिए भने किचेनको सम्पूर्ण जिम्मेवारी क्लवका बरिष्ट सदस्य शिवराम पौडेल र अन्य सदस्यहरुले लिएका छन । १७ औं बमजन गोल्ड कपलाई अमान एक्सचेन्ज कुवेत र हिमाल रेमिटले प्रायोजन गरेका छन भने नेपाली समाज कुवेतका केही दानबिर महानुभावहरुले क्लवलाई सहयोग गर्नु भएको छ । जसमा:
१, NRNA कुवेतकी अध्यक्ष – सुमित्रा पौडेल – २१ केडी
२, मोरङ सुनसरी सेवा समाज कुवेत – अध्यक्ष अरुण लिम्बु – २१ केडी
३, समाजसेबी – होमनाथ गिरी १५ केडी
४, एनआरएनए सदस्य – गीता गुरुङ – ११ केडी
५, एनआरएनए उपाध्यक्ष – अमृत गुरुङ – १० केडी
आगामी २९ मार्च शुक्रबारका दिन, सेमीफाईन र फाईनल खेल बिहानको ठिक ८.०० बजे सोही फुटबल मैदानमा हुनेछ भने सेमिफाईनलको पहिलो खेल पुर्बेली टाइेगरको बिरुद्द GFC र युनिक नेपालको बिरुद्द सरोकार समाज खेल्ने छन । उक्त फाईनल खेल हेर्न पनि आयोजक माउण्ट एभरेष्ट स्पोर्टिङ् क्लवल, काठमाण्डौ-कुवेतले सबै कुवेतवासी नेपालीहरुलाई अनुरोध गरेको छ ।