Sunday 4th October 2026

प्रथम नेपाल आइडल बुद्ध लामा र गायिका सरस्वती लामाले कुवेतमा १९ जुलाईमा धमाका मचाउने


तितोपाटी – प्रथम नेपाल आइडल बुद्ध लामा, लोकपप गायिका सरस्वती लामा र मेन्दोमाया गायक बिश्वपासा तामाङका साथमा स्थानीय कलाकारले कुवेतमा धमाका मचाउने भएका छन । नुवाकोट धादिङ रसुवा समाज कुवेतले यहि आउँदो जुलाई १९ तारिक शुक्रबारको दिन ख्यातिप्राप्त कलाकारका साथमा बृहत सांगीतिक कार्यक्रम गर्ने भएको हो ।

आज फर्वानिया पार्कमा समाजका अध्यक्ष राकेश मानाङ्थेनको अध्यक्षतामा बसेको बैठकले अतिथि कलाकार ल्याएर प्रथम बार्षिक उत्सब मनाउने निर्णय गरेको हो । रोजगारीका शिलसिलामा कुवेतमा कार्यरत नुवाकोट, धादिङ, रसुवाका दिदीबहिनी दाजुभाईहरुलाई एकीकृत गर्दै “आपसी एकता हाम्रो उदेश्य, समृद्धि समाज निर्माण हाम्रो लक्ष्य” भन्ने मुल नाराका साथ सन् २०१७ मा स्थापना भएको नुवाकोट धादिङ रसुवा समाज कुवेतको यो पहिलो साँस्कृतिक  कार्यक्रम हो ।

समाजले कुवेतमा विभिन्न कृयाशिल संघ – सस्थाहरु संग सहकार्य गर्दै आएको छ । कुवेतमा अलपत्र परेका  नेपालीहरुलाई पनि उक्त समाजले उद्धार तथा सहयोग गर्दै आएको छ । नेपालमा समेत दुखी गरीबहरुलाई सक्दो आर्थिक सहयोग गर्दै आएको छ ।

कुवेतमा कृयाशिल सम्पूर्ण संघ – संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी, साहित्यकार लगायत  सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई उक्त कार्यक्रममा उपस्थितिको लागी  अनुरोध गर्दै उक्त दिन कुनै पनि संघ- संस्थाले कार्यक्रम नजुधाइदिनको लागि पनि समाजले आग्रह गरेको छ ।

कार्यक्रमको विवरण
मितिः १९ जुलाई  २०१९
स्थानः इन्डियन स्कुल, जलिब
समयः बिहान ११ बजे
आयोजक : नुवाकोट धादिङ रसुवा समाज कुवेत


सम्बन्धित शीर्षकहरु

भारतका विभिन्न शहरमा हजारौं युवा र विपक्षी दलका समर्थकहरूले निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै तेस्रो दिन पनि प्रदर्शन…

ब्राजिलमा आइतबार राष्ट्रपतीय चुनाव भइरहेको छ। चुनावमा वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा र सिनेटर फ्लाभियो बोल्सोनारो मुख्य प्रतिस्पर्धीका…

यमन सरकारले इरान समर्थित हुथी विद्रोहीहरूको नियन्त्रणमा रहेका सबै क्षेत्र फिर्ता लिन नयाँ सैन्य अभियान सुरु गरेको घोषणा गरेको छ।…

प्रतिकृयाहरू
...