Friday 27th March 2026

नेपाल कुवेत मैत्रीपुर्ण फुटबल खेलमा बराबरी


तीतोपाटी-मैत्रिपूर्ण फुटबलमा नेपालले कुवेतसँग गोलरहित बराबरी खेलेको छ ।

घरेलु मैदानमा भएको खेलमा कुवेत नेपालमाथि हावी भएको थियो तर, गोलरक्षक किरण चेम्जोङको केही उत्कृष्ट बचाउ गरे । खेल अवधीभर कुवेतले गोलका लागि परेको प्रयास मध्ये ६ वटा सही दिशामा थियो भने नेपालले एक पटक मात्र त्यस्तो अवसर बनाएको थियो ।

उक्त खेल मैदानमा  कुवेत स्थित कार्यरत नेपाली तथा खेल प्रेमी दर्शक हरूको हजारौको संख्यामा उपस्थित रहेको थियो। उपस्थित दर्शक द्वारा खेल संगै नेपाल र नेपाली खेलाडी प्रति बेजोड़ माया दर्शाएका थिए भने नेपाल नेपाल भन्दै   खेलको रौनकता बढ़ाएका थिए।

नेपालका रवि पासवानले डेब्यू गरे । उनी ६१ औं मिनेटमा सुमन लामाको स्थानमा मैदान प्रवेश गरेका थिए ।

अर्को खेल यही २५ मार्चमा हुने भएको छ।


सम्बन्धित शीर्षकहरु

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

कुवेतमा आज २५ मार्चका दिन परेको अविरल झरिपछि राजमार्गहरू पानीले भरि भराउ भएपछि सरकारले ट्राफिक व्यवस्थापनका लागि केहि राजमार्गहरूलाइ अस्थायी…

मध्यपूर्वको वर्तमान परिवेश फेरि एकपटक देखाउँदैछ—यहाँ सत्यभन्दा पनि “व्याख्या” शक्तिशाली हुन्छ। एउटै भनाइ, एउटै संकेत, तर दुई विपरीत निष्कर्ष। इरानी…

प्रतिकृयाहरू
...