Saturday 11th April 2026

जी सिने अवार्डमा रणवीर र दीपिका भए उत्कृष्ट नायक नायिका


तितोपाटी – मुम्बइमा भव्य रुपमा ‘जी सिने अवार्ड’ आयोजना भएको छ । बलिउडका चर्चित सेलिब्रिटीहरुको उपस्थितीमा आयोजित अवार्डको मुख्य विधामा गतबर्ष रिलिज भएको चलचित्र ‘पद्यमावत’ले बाजी मारेको छ । अवार्डमा उत्कृष्ट निर्देशकको अवार्ड चलचित्र ‘पद्मावत’बाट संजयलीला भन्सालीले जित्दा उत्कृष्ट नायिका पनि सोही चलचित्रबाट दीपिका पादुकोणले जितिन् । उत्कृष्ट नायकको लागि भने चलचित्र ‘सञ्जु’बाट रणवीर कपुर चुनिए ।

त्यस्तै, बलिउड चलचित्रमा लामो समयदेखि योगदान दिएको भन्दै नायिका हेमा मालिनीलाई अवार्ड प्रदान गरिएको थियो भने चलचित्र मार्फत् समाज परिवर्तनमा सहयोग गरेको भन्दै नायिका सोनम कपुरलाई अवार्ड दिइएको थियो । कसले कुन विधामा अवार्ड जिते, यहाँ उल्लेख गरिएको छ ।

उत्कृष्ट निर्देशक – संजयलीला भन्साली – पद्मावत

उत्कृष्ट नायिका – दीपिका पादुकोण – पद्मावत

उत्कृष्ट नायक – रणवीर कपुर – सञ्जु

उत्कृष्ट नायक (दर्शक रोजाई) – रणवीर सिंह – पद्मावत

उत्कृष्ट सह अभिनेता – विक्की कौशल – सञ्जु

उत्कृष्ट सह अभिनेत्री – कट्रिना कैफ – जीरो

उत्कृष्ट अभिनय – आयुश्मान खुराना

उत्कृष्ट डेब्यु अभिनेता – इशान खट्टर – धडक

उत्कृष्ट डेब्यु अभिनेत्री – जान्वी कपुर – धडक

उत्कृष्ट खलपात्र – तब्बु – अन्धाधुन

उत्कृष्ट हाँस्यकलाकार – कार्तिक आर्यन – सोनु के टिटु कि स्विटी

उत्कृष्ट गायक – यस्सेर देसाई – नौनो ने बाधी – गोल्ड

उत्कृष्ट गायिका – विभा सरफ र हर्षदीप कैर – दिलबारो – राजी

उत्कृष्ट डेब्यु निर्देशक – अमिर कौशिक – स्त्री

उत्कृष्ट करियोग्राफी – घुमर – पद्मावत

उत्कृष्ट संवाद – पंकज त्रिपाठी – स्त्री

उत्कृष्ट भिएफएक्स – जीरो


सम्बन्धित शीर्षकहरु

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

तीतोपाटी - जन-जागृति युवा समाज कुवेतले नेपाली नयाँ वर्ष २०८३ को भित्तेपात्रो सार्वजनिक गरेको छ । विगत १६ वर्षदेखि हरेक…

डिआइजी (DIG) र प्रमुख जिल्ला अधिकारी (CDO) को बरियतासम्बन्धी बहस अहिले केवल पदको सम्मानको विषय मात्र रहेन, यो राज्य संयन्त्रको…

प्रतिकृयाहरू
...